back
CTIZAN AD

झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा

वि.सं.२०८२ पुस ८ मंगलवार

648 

shares

बनियानी (झापा) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापाको बिर्तामोडमा यही पुुस १२ गते जनजागरणसभा गर्नेभएको छ ।

बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी राप्रपाले जनजागरणसभा बारेमा जानकारी दिएको हो । राप्रपा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीको धारणा, दृष्टिकोण र मुलुकको पछिल्लो अवस्थाबारे आमनागरिकलाई जानकारी गराउन जनजागरण सभा गर्न लागिएको जानकारी दिए ।

सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए । सभामा झापाका १५ स्थानीय तहका १३१ वटै वडाका सहभागी हुने जनाइएको छ ।

सभा सभ्य र मर्यादित तवरले सम्पन्न गरिने अध्यक्ष ओझाले बताउनुभयो । सभाका लागि विभिन्न उपसमिति गठन गर्नुका साथै जिल्ला प्रशासनबाट अनुमतिसमेत लिइएको पार्टीले जनाएको छ । सभाका लागि पूर्वबाट पार्टी नेतृ सविना बजगाईंको नेतृत्वमा, पश्चिमबाट पार्टीका प्रदेश अध्यक्ष राम थापा, उत्तरतर्फको केन्द्रीय प्रवक्ता भक्ति सिटौला र दक्षिणतर्फको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्नेले गर्नुहुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस्तै राप्रपा झापाले पार्टीको जिल्ला प्रवक्ता सूर्य खतिवडालाई जिम्मेवारी प्रदान गरेको छ । पार्टीको बैठकले खतिवडालाई प्रवक्ताको जिम्मेवारी दिइएको पत्रकार सम्मेलनमा अध्यक्ष ओझाले बताए ।
प्रवक्ताको जिम्मेवारी पाउनुभएका खतिवडाले पार्टीका गतिविधिलाई थप सशक्त बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

वि.सं.२०८२ पुस ८ मंगलवार १६:०८ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...