back

मन्त्रीहरुद्वारा एमाले कार्यालय निरीक्षण

वि.सं.२०८२ पुस ८ मंगलवार

153 

shares

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, कानुन न्याय तथा संसदीय मामिला तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले संयुक्त रुपमा आज ललितपुर च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयको निरीक्षण गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको पार्टी कार्यालयको निरीक्षण गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिनुभयो । अनुगमनपछि सञ्चारकर्मीसँग बोल्दै उनले निर्वाचनको वातावरण सरकारले मिलाउने भएकाले एमालेलाई निर्वाचन आउन आग्रह गरिएको बताए । उनले चुनावमा भाग लिने एमालेबाट आएको प्रतिबद्धता सरकारले सकारात्मक रुपमा लिएको बताए ।

उनले स्थान हदको विषय सरकारको आफ्नो कार्यक्षेत्र, विधि, प्रक्रिया र कानुन जे हुन्छ, त्यसको अधीनमा रहेर मिलाउनुपर्ने र सबै वातावरण मिलाएर सरकार अगाडि बढ्ने बताए । “हतियारहरु बाहिर छन फिर्ता भए कि भएनन् । कैदीहरु अझै बाहिर छन् । भोट माग्न जान अवस्था छ कि छैन् । राजनीतिक दललाई प्रचारप्रसारमा जानुपर्दछ त्यो अवस्था छ कि छैन । नेताहरुलाई भोट माग्न सहज रुपमा चुनावी अभियानमा जान सक्ने अवस्था छ कि छैन भनेर उहाँहरुले कुरा गर्नु भएको छ”, सञ्चारमन्त्री खरेलले भने, “सबै वातावरण मिलाउने भनेको छाँै ।”

उनले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई लगाइएको स्थान हदका विषय जाँचबुझ छानबिन आयोग र सरकारले छुट्टाछुट्टै काम गरिरहेको बताए ।

सो क्रममा कानुनमन्त्री सिन्हाले निर्वाचनको वातावरण बनिरहेकाले एमाले पनि निर्वाचनमा सहभागी हुने बताए । भेटमा एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्वय योगेश भट्टराई र रघुविर महासेठ सहभागी थिए ।

वि.सं.२०८२ पुस ८ मंगलवार १६:२७ मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...