back
CTIZAN AD

मन्त्रीहरुद्वारा एमाले कार्यालय निरीक्षण

वि.सं.२०८२ पुस ८ मंगलवार

516 

shares

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, कानुन न्याय तथा संसदीय मामिला तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले संयुक्त रुपमा आज ललितपुर च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयको निरीक्षण गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको पार्टी कार्यालयको निरीक्षण गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिनुभयो । अनुगमनपछि सञ्चारकर्मीसँग बोल्दै उनले निर्वाचनको वातावरण सरकारले मिलाउने भएकाले एमालेलाई निर्वाचन आउन आग्रह गरिएको बताए । उनले चुनावमा भाग लिने एमालेबाट आएको प्रतिबद्धता सरकारले सकारात्मक रुपमा लिएको बताए ।

उनले स्थान हदको विषय सरकारको आफ्नो कार्यक्षेत्र, विधि, प्रक्रिया र कानुन जे हुन्छ, त्यसको अधीनमा रहेर मिलाउनुपर्ने र सबै वातावरण मिलाएर सरकार अगाडि बढ्ने बताए । “हतियारहरु बाहिर छन फिर्ता भए कि भएनन् । कैदीहरु अझै बाहिर छन् । भोट माग्न जान अवस्था छ कि छैन् । राजनीतिक दललाई प्रचारप्रसारमा जानुपर्दछ त्यो अवस्था छ कि छैन । नेताहरुलाई भोट माग्न सहज रुपमा चुनावी अभियानमा जान सक्ने अवस्था छ कि छैन भनेर उहाँहरुले कुरा गर्नु भएको छ”, सञ्चारमन्त्री खरेलले भने, “सबै वातावरण मिलाउने भनेको छाँै ।”

उनले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई लगाइएको स्थान हदका विषय जाँचबुझ छानबिन आयोग र सरकारले छुट्टाछुट्टै काम गरिरहेको बताए ।

सो क्रममा कानुनमन्त्री सिन्हाले निर्वाचनको वातावरण बनिरहेकाले एमाले पनि निर्वाचनमा सहभागी हुने बताए । भेटमा एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्वय योगेश भट्टराई र रघुविर महासेठ सहभागी थिए ।

वि.सं.२०८२ पुस ८ मंगलवार १६:२७ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...