back

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

वि.सं.२०८२ पुस ९ बुधवार

228 

shares

तानसेन (पाल्पा) । यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको छ । नगरले यहाँका कृषक र महिलालाई केन्द्रित गरी सीपमूलक तालिममार्फत आयआर्जनमा जोड्दै आत्मनिर्भर बनाउन लागेको हो ।

नगरपालिकाले सीपमूलक व्यवसायिक तालिमअन्तर्गत महिलाका लागि धूप बनाउने तालिम दिएको छ । सिर्जना आमा समूहसँगको समन्वयमा महिलालाई बटारे धूप बनाउने तालिम दिएको हो । महिलाले स्थानीयस्तरमा पाइने सुकेका विभिन्न फूलबाट तयार गर्न सकिने बटारे धूप बनाउन सिकेका छन् ।

तालिममा सहभागी विमला ओस्ती, विद्या अर्याल र शोभा भण्डारीले सीप सिकेसँगै मेहनतका साथ व्यवहारमा लागू गर्ने बताईन् । उनीहरूले समूहमार्फत सिकेको सीपलाई आयआर्जनको स्रोत विकासमा उपयोग गर्ने उल्लेख गरे ।

नगरले कृषकलाई कफीखेतीसम्बन्धी तालिम दिएको छ । कफीखेतीको सम्भाव्यतालाई मध्यनजर गर्दै कृषकलाई उत्प्रेरणात्मक तालिम दिइएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । रामपुरमा कफीखेतीको सम्भाव्यता र महत्व, रोपण र उत्पादनको अवस्था, कफीखेतीको व्यवसायी प्रवद्र्धनका लागि स्थानीय तहले गरेको नीतिगत व्यवस्था र कार्यान्वयनको पक्षलगायत विषयमा जानकारी गराइएको छ ।

कफीखेतीका लागि आवश्यक वातावरण निर्माण, लगाउने तरिका, यसबाट हुने उत्पादन, व्यावसायिक सम्भावना र फाइदा, यसको व्यावसायिक प्रवद्र्धनका लागि स्थानीय तहले खेल्नुपर्ने भूमिकालगायत विषयमा तालिम दिइएको कार्यवाहक नगरप्रमुख बालकुमारी थापाले जानकारी दिए ।

महिलालाई व्यावसायिक बनाई आत्मनिर्भर बनाउन सहयोग पु¥याउने उद्देश्यले उनीहरूका लागि तालिम सञ्चालन गरिएको थापाले बताउनुभयो । महिला चुलोचौकोमा मात्र सीमित हुने र आर्थिक रूपमा अरुसँग निर्भर बन्नुपर्ने अवस्थाको अन्त्य गर्न सीपमूलक तालिममा केन्द्रित गरिएको उनकोे भनाइ छ ।

कार्यवाहक नगरप्रमुख थापाले भने, “हामी नगरवासीलाई सीपसँग जोडेर आत्मनिर्भरतातर्फ लैजाँदै छौँ । हिजोका दिनमा भएका तालिम र आजभोलि हुने तालिमको प्रभावकारिता मूल्याङ्कन गरी व्यावसायिकतामा जोड्ने नगरको योजना र कार्यक्रम छ ।” उनले कफीको माग बढ्दो रहेकाले यसको व्यावसायिक उत्पादन र प्रवद्र्धन गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

माग बढ्दा बजारको समस्या नहुने भन्दै कार्यवाहक नगरप्रमुख थापाले व्यावसायिक कफीखेती गरी मनग्य आम्दानी लिन कृषकलाई आग्रह गरे । उनले कोसेली घरमार्फत रामपुरमा उत्पादन भएको कफीखेतीको बजारीकरण नगरपालिकाले गर्दै आएको जानकारी दिए । थापाले नगरपालिकाभित्रका कृषकले व्यावसायिक कृषि गर्न चाहेमा ब्याज अनुदान दिने उल्लेख गरे ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्र पुरीले कफीखेतीको विस्तृत सम्भावना अध्ययन गरेर विकास गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भौगोलिक हिसाबले नेपालको मध्यपहाडी क्षेत्रमा कफीखेतीको सम्भावना रहेको भन्दै अन्यभन्दा कफीखेतीबाट बढी आम्दानी लिन सकिने धारणा राखे ।

विगतमा प्रशोधनका लागि प्रविधि र बजारको समस्या भए पनि अहिले क्याफे र कफी संस्कृति बढ्दो रहेकाले सजिलै बिक्री गर्न सकिने पुरीले बताए । पहाडी क्षेत्रमा बाँदरको समस्या भए पनि बाँदरले नखाने र तुलनात्मक रूपमा अन्यभन्दा कफीखेतीबाट लाभ बढी लिन सकिने उनले उल्लेख गरे ।

बोर्डका कृषि प्राविधिक नगेन्द्र सुवेदीले राम्रो हेरचाह र व्यवस्थापन गरेर कफीखेती गर्नसके रोजगारी सिर्जनासँगै आम्दानीको प्रभावकारी स्रोत बन्ने बताए । यसले रोजगारीका साथै आयआर्जन वृद्धि गर्नुका साथै स्थानीयलाई आत्मनिर्भर बनाउने उनकोे भनाइ छ ।

वि.सं.२०८२ पुस ९ बुधवार १६:३६ मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...