back

जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

वि.सं.२०८२ पुस १० बिहीवार

243 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र कानुनी जटिलतालाई समाधान गरेर चुनावमा जानुपर्नेमा जोड दिएको छ । नवौँ केन्द्रीय समितिको चौथो विशेष बैठकका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले मुलुकका समस्या थाँती राखेर हुने निर्वाचनले निकास नदिने स्पष्ट पारे ।

उनले समाजवादी सङ्घीयताअनुरुप राज्यको ढाँचा बन्नुपर्ने, अग्राधिकारसहितको सङ्घीय संरचना र राज्यका सबै अङ्गमा जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना गर्नुपर्ने आफ्नो पार्टीको दृष्टिकोण रहेको जानकारी दिनुभयो । अन्तरिम कालको नेतृत्व आफ्नो पार्टीलाई दिइए आन्दोलनकारी जनतासहित सबै शक्तिलाई चित्तबुझ्ने गरी निकासको पहल गर्ने विश्वास दिलाउँदै उनले भने, “त्यो अवस्था होइन भने राजनीतिक शक्तिहरुको सहमतिबाट उपयुक्त निकास निकाल्नुपर्छ ।”

जेनजी विद्रोह पछि पनि जनताले उठाउँदै आएका विषय सम्बोधन हुन नसक्नु बिडम्बना भएको उल्लेख गर्दै महासचिव चन्दले निर्वाचन मात्रै नभइ भ्रष्टाचारको अन्त्य र सुशासन प्रवद्र्धनका क्षेत्रमा पनि काम गर्न सरकारलाई सुझाव दिए ।

“भ्रष्टाचार अन्त्य, भ्रष्टाचारीलाई कारबाही र संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचन कार्यकारीको व्यवस्था गर्नुपर्ने जेनजी आन्दोलनको ‘म्याण्डेट’ हो”, उनले भने, “तर पछिल्लो अन्तरिम सरकार बनेपछि चुनावलाई मात्रै जोड दिएर काम भइरहेको छ ।

वि.सं.२०८२ पुस १० बिहीवार १४:०९ मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...