back

फिन्टेक एक्स्पो–२०२६ को भव्य उद्घाटन

वि.सं.२०८२ पुस १८ शुक्रवार

210 

shares

काठमाडौँ । फिन्टेक एक्स्पो–२०२६ को भव्य उद्घाटन भएको छ । शुक्रबार ललितपुरमा एक कार्यक्रमकाबिच नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका प्रमुख डा.सत्येन्द्र तिमिल्सिनाले उद्घाटन गरेका हन् ।

फिनटेक अलायन्स नेपालको आयोजनामा भएको एक्स्पोमा नवप्रवद्र्धध, सूचना प्रविधि, आर्टिफिसिएल इन्टेलिजेन्स र बैंक तथा वित्तीय संस्थाहरुसँग सम्बन्धित ६० भन्दा बढी स्टल रहेका छन् ।

आयोजकका अनुसार विभिन्न विधाहरुलाई एकैठाउँमा राखेर नवप्रवद्र्धध र आर्टिफिसेल इन्टेलिजेन्सलाई एकआपसमा मिलन गराउने उद्देश्य रहेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख डा.सत्येन्द्र तिमिल्सिनाले राष्ट्र बैंकले नवप्रवद्धर्धनमा जोड दिएको तथा यो क्षेत्रलाई अझ अगाडी बढाउने योजनासहित आए सहयोग गर्ने बताए ।

प्रदर्शनीमा डिजिटल फाइनान्स, भुक्तानी प्रणाली, बैंकिङ प्रविधि, इम्बेडेड फाइनान्स, साइबर सुरक्षा, क्लाउड बैंकिङ, इन्टरनेट सेवा प्रदायक, डेटा सेन्टर, एआई, केवाईसी, एएमएल तथा जब पोर्टल लगायतका सेवा प्रदायकहरूले आ–आफ्नो सेवाबारे जानकारी दिइरहेका छन् ।
प्रदर्शनी शनिबारसम्म सञ्चालजन हु्नेछ ।

वि.सं.२०८२ पुस १८ शुक्रवार २०:१७ मा प्रकाशित

Himalayan Life AD
फिन्टेक एक्स्पाे २०२६मा जे देखियाे !

फिन्टेक एक्स्पाे २०२६मा जे देखियाे !

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाहरुले प्रयोग गर्ने सूचना प्रविधिहरुसँग...