back

देवचुली नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न, बजेट तथा कार्यक्रम संशोधन सर्वसम्मत पारित

वि.सं.२०८२ पुस १९ शनिवार

219 

shares

देवचुली । देवचुली नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम संशोधनसहितको हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरसभाले नगर प्रमुख हरिप्रसाद न्यौपानेले प्रस्तुत गरेकाे विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।

शुक्रबार सम्पन्न नगरसभामा प्रस्तुत बजेट तथा कार्यक्रम संशोधन प्रस्तावहरूमाथि छलफलपछि नगर प्रमुख न्यौपानेले प्रस्तावको पक्ष र विपक्षमा मत राख्न आह्वान गरेका थिए । सो क्रममा नगरसभा सदस्यहरूले ‘हुन्छ’ भन्ने मत राखेसँगै सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएको नगर प्रमुख न्यौपानेले सभालाई जानकारी गराए ।

नगर उपप्रमुख पार्वता तिवारीले सभामा चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । साथै उनले हालसम्मको वित्तीय प्रगति समीक्षा गर्दै नगरपालिकाका विभिन्न शाखाबाट भएका ४० बुँदे प्रगति विवरण पनि प्रस्तुत गरे ।

नगरसभाको छलफलका क्रममा नगरसभा सदस्यहरूले विभिन्न कार्यक्रम तथा बजेटका विषयमा जिज्ञासा व्यक्त गरेका थिए । उठेका सवालहरूबारे नगर प्रमुख हरिप्रसाद न्यौपाने, नगर उपप्रमुख पार्वता तिवारी तथा प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले प्रष्ट पारेका थिए ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त नगरसभाको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले गरेका थिए ।

वि.सं.२०८२ पुस १९ शनिवार १७:१० मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...