back
CTIZAN AD

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ पुस २५ शुक्रवार

732 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मविश्वास र उत्साहले भरिएको दिन हो । कामकाजमा सकारात्मक परिणाम देखिन सक्छ । हिजोको मेहनतको असर आज देखिन थाल्नेछ । आर्थिक पक्ष सामान्यभन्दा राम्रो रहला । आवेगमा निर्णय नगर्नु राम्रो हुन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धैर्य र संयमले काम लिनुपर्ने दिन हो । खर्च बढ्न सक्छ, तर आवश्यक ठाउँमै हुनेछ । पारिवारिक साथले मन बलियो रहनेछ । स्वास्थ्यतर्फ खानपानमा ध्यान दिनु उपयुक्त हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
भेटघाट, छलफल र संवादबाट लाभ मिल्ने दिन हो । नयाँ सूचना वा प्रस्तावले मन उत्साहित बनाउनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । हतारमा बोल्दा विवाद हुन सक्छ, संयम अपनाउनुहोस् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारसँगको सम्बन्ध सुदृढ बन्ने दिन हो । भावनात्मक पक्ष बलियो रहनेछ । कामकाजमा सामान्य प्रगति देखिएला । आरामको कमीले थकान महसुस हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य क्षेत्रमा प्रशंसा र सम्मान पाउने दिन हो । नेतृत्वदायी भूमिकामा सफलता मिल्ने संकेत छन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । नम्र व्यवहारले थप फाइदा दिलाउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रमको दिन हो । आज गरेको मेहनतले भविष्यमा राम्रो परिणाम दिनेछ । योजना निर्माण र अध्ययनमा मन जानेछ । स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्बन्धमा सन्तुलन र समझदारी आवश्यक पर्ने दिन हो । दाम्पत्य तथा पारिवारिक जीवनमा खुला संवाद उपयोगी हुनेछ । आर्थिक निर्णय सोचविचार गरेर लिनु राम्रो हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मन अलि गम्भीर रहन सक्छ । गोप्य कुरामा सतर्कता अपनाउनु उपयुक्त हुन्छ । धैर्य राख्दा परिस्थिति क्रमशः अनुकूल बन्दै जानेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ अवसर र सकारात्मक समाचार प्राप्त हुने दिन हो । यात्रा वा भेटघाट लाभदायक बन्न सक्छ । आत्मविश्वास बढ्नेछ र मन उत्साहित रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जिम्मेवारी बढ्ने दिन हो । परिश्रमको कदर हुनेछ । कार्यक्षेत्रमा स्थिरता आउने संकेत छन् । वरिष्ठ व्यक्तिको सल्लाह उपयोगी बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सिर्जनशील सोच र नयाँ योजनाले मन उत्साहित रहनेछ । सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ । मित्रहरूको सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आध्यात्मिक र भावनात्मक पक्ष बलियो रहने दिन हो । मन शान्त रहनेछ । खर्च बढ्न सक्छ तर आवश्यक काममै हुनेछ । विवेक अपनाउनु राम्रो हुन्छ ।

२०८२ पौष २५ गते, शुक्रबार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ पुस २५ शुक्रवार ०७:५६ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...