back

सुसेली

वि.सं.२०८२ माघ ३ शनिवार

171 

shares

कला ढकाल, झापा

पीडा दिएर
गयो निष्ठुरी त्यो
खुशी लिएर ।१।

आँखाको आँसु
सकिएन कहिल्यै
कसरी हाँसू ?२?

मन खोलेर
कसैलाई नदिनू
जान्छ छोडेर ।३।

नेपाली सान
शिरमा सजाएमा
हुन्छ है मान ।४।

सत्कर्म गरे
आशीर्वाद मिल्नेछ
अगाडि सरे ।५।

मेल नखाने
आ–आफ्नो छ कहानी
साँच्चिकै माने ।६।

ज्ञान लिएर
नसकिने कहिले
केहि दिएर।७।

रीस गर्दछ
जो जो धेरै अर्काको
पछि पर्दछ।८।

कुरा काटेर
नबस्नू है कसैले
मान्छे ढाटेर।९।

म गलिसके
लाग्दैछ बाँच्दिन नै
खै थलिसके।१०।

वि.सं.२०८२ माघ ३ शनिवार ०६:१८ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल, चितवन १. सर्वज्ञानी आफैँलाई बुझेर असत्य बोल्छन्...

चारु

चारु

डा. ठाकुर मोहन श्रेष्ठ बुढानिलकण्ठ, काठमाडौँ बसेँ मौन भन्दैमा, छ‌...

चारु

चारु

तेजप्रसाद खनाल (भावुक), लमही, दाङ मौलिकतामा बाँचौँ नगरेर देखासिकी हुँदैन...

गजल

गजल

मिरा ज्ञवाली ( आस्था ) कीर्तिपुर , काठमाडौँ वचनले मेरो...

गजल

गजल

हृषीकेश बराल, पोखरा –२६ कास्की खोज्छु आफन्त छैनन् पीडा हुँदै...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर छ अभिनय गर्न जसको खुबै दख्खल गजबको...