back

झिल्का कविता

वि.सं.२०८२ माघ ३ शनिवार

123 

shares

रुना कर्माचार्य दाहाल, चितवन

१.

सर्वज्ञानी आफैँलाई बुझेर
असत्य बोल्छन् यहाँ
पर्दा पछाडि लुकेर ।

२.
समय वेगले बहन्छ
निष्ठुरी यो पापी
आफ्नो गतिमा रहन्छ ।

३.
खुसी कहाँ भेटिन्छ ?
हरेक वस्तुले पलभरको
केवल तृष्णा मेटिन्छ ।

४.
मान्छेबाट मानवता हरायो
छुवाछुत, जातीय विभेदले
दानवको रूप पलायो ।

५.
गौरवशाली राष्ट्र नेपाल
प्राकृतिक विविधताले सजिएको
तराई, पहाड, हिमाल ।

६.
मनाउँछौँ धेरै चाडपर्व
माटो, भाषा, संस्कृति
हाम्रो पहिचान गर्व ।

७.
विविधताभित्र एकताको शक्ति
आपसी सद्भाव, मेलमिलापले
गरौँ देशको भक्ति ।

८.
देश हाम्रो स्वाभिमान
बहुजाति, बहुभाषा, बहुसंस्कृति
मेलमिलाप हाम्रो पहिचान ।

९.
भिडभाडले थाकेको मन
आवाज सुन्न आफ्नै
एकान्तमा जानू जन ।

१०.
आजभोलि लाग्छ जाउ
एकान्तमा आत्मासँगको मित्रता
आफैँलाई भेट्ने ठाउँ ।

वि.सं.२०८२ माघ ३ शनिवार ०८:०१ मा प्रकाशित

Himalayan Life AD
चारु

चारु

डा. ठाकुर मोहन श्रेष्ठ बुढानिलकण्ठ, काठमाडौँ बसेँ मौन भन्दैमा, छ‌...

चारु

चारु

तेजप्रसाद खनाल (भावुक), लमही, दाङ मौलिकतामा बाँचौँ नगरेर देखासिकी हुँदैन...

सुसेली

सुसेली

कला ढकाल, झापा पीडा दिएर गयो निष्ठुरी त्यो खुशी लिएर...

गजल

गजल

मिरा ज्ञवाली ( आस्था ) कीर्तिपुर , काठमाडौँ वचनले मेरो...

गजल

गजल

हृषीकेश बराल, पोखरा –२६ कास्की खोज्छु आफन्त छैनन् पीडा हुँदै...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर छ अभिनय गर्न जसको खुबै दख्खल गजबको...