back
CTIZAN AD

बैतडी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

वि.सं.२०८२ माघ ८ बिहीवार

486 

shares

दशरथचन्द (बैतडी) । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर जिल्लाको महाकाली नगरपालिका–५ गल्फैका अन्दाजी २१ वर्षीय चालक करन बुढामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

ट्याक्टरमा सवार अन्य तीन जना घाइते भएका छन् । कैलालीको टिकापुर नगरपालिका–७ का अन्दाजी ४० वर्षीय सुरज घर्तिमगर र उनका छोरा अन्दाजी १८ वर्षीय सिद्धार्थ घर्तिमगर र टिकापुर–६ का अमित विक घाइते भएका उहाँले बताउनुभयो । घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको हुँदा सो घटना भएको हुनसक्ने भन्दै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८२ माघ ८ बिहीवार १५:२४ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...