back
CTIZAN AD

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता

वि.सं.२०८२ माघ ९ शुक्रवार

510 

shares

काठमाडाैँ । बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी बीच सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र बीमा अभिकर्ताहरूलाई यस बैंकले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गर्ने सम्बन्धी एक रणनीतिक साझेदारी गर्ने समझदारी भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाबीच समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्यज्यू र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश विक्रम खत्रीज्यूले हस्ताक्षर गरे ।

यसबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क बिना क्रेडिट कार्ड प्राप्त गर्ने अवसर प्राप्त गर्दै निजहरूलाई आकस्मिक वित्तीय आवश्यकता व्यवस्थापन गर्न र डिजिटल भुक्तानीका सुविधाहरू उपयोग गर्न थप सहज बनाउनेछ ।

ग्राहक महानुभावहरूलाई परिष्कृत र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने निरन्तरको प्रयास स्वरूप बैंकले सूर्यज्योति लाइफसँग गरेको यो सहकार्यबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमित र अभिकर्ताहरूलाई क्रेडिट कार्डको माध्यमबाट डिजिटल अर्थतन्त्रमा जोड्न थप लाभ पुग्ने बैंकले विश्वास लिएको छ ।

वि.सं.२०८२ माघ ९ शुक्रवार १६:३७ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...