back
CTIZAN AD

झापामा सात जनालाई एमबिबिएस पढ्ने अवसर

वि.सं.२०८२ माघ १४ बुधवार

768 

shares

झापा । सानैदेखि चिकित्सक बन्ने सपना बोकेकी बिर्तामोड–९ की १९ वर्षीया ऋतिका शिवाकोटीको सपना जिल्लामै बसेर साकार बनेको छ । मेचीनगरस्थित बीएण्डसी मेडिकल कलेजको पहिलो ब्याचमा चिकित्सा शास्त्र सङ्कायअन्तर्गत स्नातक (एमबिबिएस) निःशुल्क पढ्न पाउने उनी पहिलो छात्रा छन् । उनले महिला कोटामा खुल्ला प्रतिस्पर्धा गरी पूर्ण छात्रवृत्ति प्राप्त गरेका हुन् ।

घरका खाना खाएर आँगनकै कलेजमा पढ्न पाउँदा आफ्नो सपना पूरा भएको उहाँले बताउनुभयो । ऋतिका मात्र होइन, झापाका सातजना विद्यार्थीले यतिबेला गृहजिल्लामै एमबिबिएस पढ्ने अवसर पाएका छन् ।

बीएण्डसी मेडिकल कलेजमा पहिलो ब्याचमा ५० जना विद्यार्थी भर्ना भएका छन् । जसमा जिल्लाका ऋतिका र देवांशु पोखरेल, चिजन कोइराला, राजेन्द्र मैनाली, निशा उप्रेती, अञ्जली शाह र आदित्य थापा रहेका छन् । सन्तानलाई आफ्नै आँखा अगाडि डाक्टरी शिक्षा पढाउन पाउँदा अभिभावक पनि खुसी छन् ।

एक दशकको प्रतीक्षापछि झापामा मेडिकल कलेज सञ्चालनको पहल भएको बल्ल पठनपाठन सुरु भएको हो । विसं २०८१ पुस २५ गतेदेखि एमबिबिएसको कक्षा सुरु भएको थियो । विसं २०६८ माघ १४ गते सरकारबाट आशयपत्र पाएको यस संस्थाले लामो कानुनी अड्चन खेप्नुपरेको थियो ।

अन्ततः सर्वोच्च अदालतले विसं २०८० चैत १२ गते र पुनः २०८१ जेठ २५ गते परमादेश जारी गरेपछि यस कलेजले सम्बन्धन र विद्यार्थी कोटा पाएको हो । कलेजका प्राचार्य प्रा डा उमेश शर्माका अनुसार पूर्वाधार र गुणस्तरका आधारमा यो कलेज मुलुककै उत्कृष्ट शैक्षिक गन्तव्य बन्ने लक्ष्यमा छ ।

बिर्तामोड–५ मा दुर्गा प्रसाईं, रामबाबु गिरी र इन्दिरा गिरीको करिब रु छ अर्बको लगानीमा पूर्वाधार बनाई कलेज तथा अस्पताल सञ्चालनमा आएको हो । विसं २०७१ मा ३०० शैय्याबाट सुरु भएको अस्पताल अहिले एक हजार शैय्यामा विस्तार भइसकेको छ ।

कलेजका जनसम्पर्क अधिकारी प्रमिश गिरीले यहाँबाट उत्पादित मेडिकल जनशक्ति मुलुकमै उत्कृष्ट हुने विश्वास व्यक्त गर्नुभयो । हाल मेचीनगर–१२ धाइजनमा बेसिक साइन्स भवनमार्फत पठनपाठन भइरहेको छ भने विद्यार्थीका लागि छात्रवासको व्यवस्था गरिएको छ ।

मेडिकल कलेज सञ्चालनमा आएसँगै बर्सेनि अर्बौँ रुपैयाँ खर्चिएर मेडिकल शिक्षाका लागि विदेशिने विद्यार्थी र विदेशी मुद्रा रोकिने विश्वास लिइएको छ । आगामी वर्ष (विसं २०८२) देखि विद्यार्थी कोटा बढेर ६० पुग्ने कलेज प्रशासनले जनाएको छ ।

वि.सं.२०८२ माघ १४ बुधवार १६:५४ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

काठमाडौं। केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक सञ्चालन हुन लागेको पुरुष...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडाैँ । २१३ औँ भानुजयन्तिको अवसरमा काठमाडौं वल्ड स्कुल ,गुण्डु...

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...