back
CTIZAN AD

आज माघ १५ गते बिहीवार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ माघ १५ बिहीवार

648 

shares

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज तपाईंका लागि उत्साह र उपलब्धिको दिन देखिन्छ। लामो समयदेखि अड्किएका कामहरू सहजै बन्ने संकेत छ। आफन्त वा सहयोगीको साथले मनोबल बढ्नेछ। नयाँ कामको सुरुवात गर्दा पनि सकारात्मक नतिजा हात लाग्ने सम्भावना छ। प्रतिस्पर्धीहरू कमजोर देखिनेछन्। साँझपख उद्योग–व्यवसायबाट अपेक्षाभन्दा राम्रो लाभ प्राप्त हुन सक्छ। सामाजिक क्षेत्रमा तपाईंको छवि थप मजबुत बन्नेछ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आजको दिन आत्मविश्वास बढाउने खालको छ। तपाईंले गरेको प्रयासले ठोस परिणाम दिनेछ। दिगो लाभ हुने काममा हात हाल्ने अवसर आउन सक्छ। विशिष्ट व्यक्तिसँगको भेटघाटले भविष्यका लागि नयाँ ढोका खोल्न सक्छ। मान–सम्मानमा वृद्धि हुनेछ। यद्यपि साँझतिर केही अनावश्यक खर्च वा विवादास्पद जिम्मेवारीले मन अस्थिर बनाउन सक्छ, आर्थिक निर्णय सोचविचार गरेर लिनुहोला।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
आज खर्च बढी हुने देखिन्छ। आम्दानीको तुलनामा खर्च बढ्दा मनमा चिन्ता रहन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ। मेहनत गरे पनि प्रतिफल ढिलो देखिन सक्छ। तर साँझपख पारिवारिक भेटघाट र आत्मीय समयले मन हलुका बनाउनेछ। स्वादिष्ट भोजन र रमाइलो संवादले दिनको थकान मेटिनेछ। स्वास्थ्यप्रति भने विशेष ध्यान दिनु उपयुक्त हुन्छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आयस्रोत बलियो रहनेछ। श्रमको उचित मूल्य पाउँदा आत्मसन्तुष्टि मिल्नेछ। व्यापार–व्यवसायमा अपेक्षाभन्दा राम्रो प्रगति देखिन्छ। छोटो समयमा राम्रो उपलब्धि हात लाग्ने संकेत छ। तर साँझतिर आफ्ना लागि जोहो गरेको रकम अरूका लागि खर्चिनुपर्ने अवस्था आउन सक्छ। योजना बनाउँदा खर्च र बचत दुवैमा सन्तुलन राख्नु आवश्यक छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज जिम्मेवारी र उपलब्धि सँगसँगै आउने दिन हो। प्रयास गरेअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। रोकिएका कामहरू अघि बढ्नेछन्। व्यापारमा फाइदा देखिन्छ। प्रभावशाली व्यक्तिसँगको भेटघाटले तपाईंको आत्मविश्वास बढाउनेछ। सामाजिक कामको जिम्मेवारी आउन सक्छ। साँझतिर श्रमको मूल्यांकन हुने र प्रतीक्षित लाभ हात पर्ने संकेत छ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आज सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। तपाईंको कामबाट लोकप्रियता बढ्नेछ। सहयोगी र शुभचिन्तकहरूको साथले मनग्य फाइदा हुनेछ। धर्म, सेवा र समाजसेवामा मन जानेछ। मिहिनेतले कार्यसिद्धि हुने दिन हो। साँझपख नयाँ अवसर प्राप्त हुन सक्छ। पेसा–व्यवसायमा लाभका संकेत छन्।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आज स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ। खर्च र चुनौती दुवै रहने भएकाले निर्णय गर्दा सतर्क रहनु आवश्यक छ। कामको चाप बढ्नेछ। मेहनत गरे पनि प्रतिफल ढिलो आउन सक्छ। तर साँझपख परिस्थितिमा सुधार देखिनेछ। अपेक्षित नतिजाले मनमा आशा र उत्साह जगाउनेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। सानो भ्रमण वा घुमघामको अवसर आउन सक्छ। प्रेम र मित्रताको सम्बन्ध अझ मजबुत हुनेछ। व्यापारमा आम्दानी बढ्ने संकेत छ। तर साँझतिर काम बिग्रने डर वा न्यून उपलब्धिले मन खिन्न बनाउन सक्छ। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आज प्रतिस्पर्धा भए पनि अवसरका ढोका खुल्नेछन्। भौतिक साधन जुट्नाले दीर्घकालीन फाइदा हुने काम सुरु गर्न सक्नुहुन्छ। यात्राको सम्भावना देखिन्छ। मेहनतले प्रतिष्ठा जोगाउन सफल भइनेछ। साँझपख प्रियजनसँगको भेटले मन प्रसन्न बनाउनेछ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आज रोकिएका कामहरू अघि बढ्नेछन्। आफ्नै प्रयासले अधिकार र पहिचान स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम सम्पन्न हुनेछ। गुरुजन र सन्तानको सहयोगले हौसला बढ्नेछ। प्रतिस्पर्धीहरू कमजोर देखिनेछन्। दीर्घकालीन योजना बनाउन उपयुक्त दिन हो।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
आज निर्णय गर्दा द्विविधा हुन सक्छ। चुनौतीपूर्ण विकल्पले केही अवसर गुम्न सक्छ। अपेक्षित नतिजा कमजोर देखिए पनि धैर्य गर्नुपर्ला। सहयोगी भए पनि ईर्ष्यालु व्यवहार गर्नेहरूबाट सावधान रहनुहोस्। साँझतिर स्थिति सुधार हुँदै जानेछ र रोकिएका कामहरू बन्ने संकेत छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आज कामका अवसर प्रशस्त देखिन्छन्। पेसा–व्यवसायमा मेहनत गरेअनुसार प्रतिफल प्राप्त हुनेछ। सेवामूलक कामबाट मान–सम्मान बढ्नेछ। दिनभर उत्साह रहनेछ। तर साँझपख घरायसी विषयले मन अलमलिन सक्छ। अरूको कुरामा धेरै भर नपरी आफ्नै निर्णयमा अघि बढ्नु राम्रो हुनेछ।

२०८२ माघ १५ गते, बिहीवार (२९ जनवरी २०२६)
माघ शुक्लपक्ष एकादशी
मृगशिरा नक्षत्र
चन्द्रराशि वृष, १७ः०७ बजेपछि मिथुन

उपप्रा. लक्ष्मीप्रसाद बराल
फलितज्योतिषाचार्य

 

वि.सं.२०८२ माघ १५ बिहीवार ०८:०२ मा प्रकाशित

बागमती प्रदेशमा ८ मन्त्रालय मात्रै रहने

बागमती प्रदेशमा ८ मन्त्रालय मात्रै रहने

हेटौंडा । बागमती प्रदेश सरकारमा आज अर्थात् १ साउन २०८३...

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

काठमाडौं। केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक सञ्चालन हुन लागेको पुरुष...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडाैँ । २१३ औँ भानुजयन्तिको अवसरमा काठमाडौं वल्ड स्कुल ,गुण्डु...