back
CTIZAN AD

निर्वाचनका कारण फागुनको बृहत् स्वास्थ्य शिविर चैतमा सारियो

वि.सं.२०८२ माघ १५ बिहीवार

579 

shares

खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिताका कारण दिक्तेलमा तय भएको बृहत् स्वास्थ्य शिविरको मिति सारिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुन ८ र ९ गते दिक्तेल बजारमा आयोजना गर्न लागेको बृहत् स्वास्थ्य शिविर निर्वाचन आचारसंहिताका कारण चैत पहिलो हप्ताका लागि सारेको हो । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको अचारसंहितालाई ध्यानमा राख्दै शिविरको मिति सार्नु परेको नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।

“बृहत् स्वास्थ्य शिविरका लागि आवश्यक तयारी सुरु गरेका थियौँ, निर्वाचन आचारसंहिता लागू भएकाले ओम अस्पतालका चिकित्सक तथा सरोकारवालासँगको छलफलपछि शिविरको मिति सारिएको हो”, उनले भने, “नेपाल सरकारले तोकेको निर्वाचन सफल बनाउन हामी सबैको उत्तिकै दायित्व छ, निर्वाचन आचारसंहिताका कारण स्थगित गरिएको शिविर चैत पहिलो हप्ता गर्ने सहमति भएको छ ।”

नगरपालिकाले नागरिकको स्वास्थ्य समस्यालाई प्राथमिकताामा राख्दै ओम अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क शिविरको आयोजना गरेको थियो । शिविरमा मानसिक रोग, जनरल फिजिसियन, मुटु, मिर्गौला, स्त्रीरोग, दाँत, नसा, छाला तथा हाडजोर्नीसम्बन्धी सेवा, इसिजी, एक्स–रे, भिडियो एक्स–रे, ल्याब टेस्ट र निःशुल्क औषधिसमेत वितरण गर्ने तयारी गरिएको थियो ।

दिक्तेल बजारस्थित जिल्ला आयुर्वेद अस्पतालमा सञ्चालन गरिने निःशुल्क स्वास्थ्य शिविरसम्बन्धी सहमतिपत्रमा नगर प्रमुख भट्टराई, ओम हस्पिटलका सञ्चालक समितिका अध्यक्ष डा आनन्दप्रसाद श्रेष्ठ र सञ्चालक टङ्क श्रेष्ठले हस्ताक्षर गरेको छ । दुईदिने स्वास्थ्य शिविरमा अस्पतालबाट वरिष्ठ विशेषज्ञ डा आनन्दप्रसाद श्रेष्ठसहितका स्वास्थ्यकर्मी आउने सहमति भएको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै जिल्लामा चुनावी माहोल तातिएको छ । राजनीतिक दल तथा उम्मेदवार आफ्नो पक्षमा जित सुनिश्चित गर्नका लागि मतदाता रिझाउन घरदैलो अभियानमा जुटेका छन् ।

निर्वाचन आचारसंहिता उल्लङ्घन भए÷नभएको अनुगमन गर्न दुई जना अनुगमन अधिकृतसमेत तोकिएको छ । उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे÷नगरेको अनुगमन तथा कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृत तोकिएको हो ।

प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लाबाट दुई स्वतन्त्रसहित १५ उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु आ–आफ्नै एजेन्डा लिएर जनताको घरदैलोमा पुगिरहेका छन् । आगामी निर्वाचनका १३६ मतदानस्थल तथा १९५ मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आउँदो निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता रहेका छन् ।

वि.सं.२०८२ माघ १५ बिहीवार १३:४२ मा प्रकाशित

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

काठमाडौं, साउन १५। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीसहित मधेश प्रदेशका...

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...