back
CTIZAN AD

पाल्पामा व्यापार तथा पर्यटन महोत्सव

वि.सं.२०८२ माघ १५ बिहीवार

753 

shares

तानसेन (पाल्पा) । पाल्पाको तानसेनमा आजदेखि कृषि, व्यापार तथा पर्यटन महोत्सव सुरु भएको छ । पर्यटन, व्यापार, रोजगारी, कृषि र उद्योगको विकास र विस्तार गर्ने उद्देश्यले तानसेन नगरपालिकाको आयोजनामा यहाँको टुँडिखेल मैदानमा ‘तेस्रो तानसेन महोत्सव’ सुरु भएको हो ।

तानसेन नगरपालिकाको मुख्य आयोजनामा लुम्बिनी प्रदेश वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय र घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको सह–आयोजना, शर्मा निर्माण सेवा बगनासकाली–९ पाल्पाको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको मूल आयोजक समितिका संयोजक एवं तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए ।

जलपरी, औद्योगिक वस्तु तथा सेवाको प्रदर्शनी र प्रवद्र्धन, लगायतका अवसर सिर्जना र आकर्षण गर्ने तथा लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन र साना उद्यमी एवं व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रम राखिको उनकोे भनाइ छ । महोत्सवमा कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी साथै पाल्पाली ढाका, करुवा, कृषि तथा पशुजन्यलगायत स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन गर्ने, स्थानीय भाषा, कलासंस्कृत, धार्मिक मूल्य र मान्यताको संरक्षण तथा स्थानीय प्रविधिलाई प्रोत्साहन र बाह्य प्रविधिको पहिचान गर्ने किसिमका क्रियाकलाप पनि राखिएको छ ।

कृषि तथा पशुपक्षी, प्रतियोगितात्मक कार्यक्रम, स्थानीय उत्पादन, पाल्पाली ढाका, पाल्पाली करुवा, माटाका भाँडा, काठका ठेकाठेकी जस्ता कला तथा संस्कृतिको प्रदर्शनीसमेत महोत्सवमा हुने छ । महोत्सवमा विभिन्न उत्पादनका तीन सय भन्दा बढी स्टल रहेका छन् । जहाँ पाँच लाख बढी दर्शकले अवलोकन गर्ने नगर प्रवक्ता यादवसिंह कार्कीले बताए । उनका अनुसार कृषि उत्पादन, लघु तथा घरेलु उत्पादन प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि, अटो मोबाइल, स्वास्थ्य, पर्यटन तथा स्वदेशी अन्य उत्पादनका प्रदर्शनीका प्रदर्शनी कक्ष रहनेछन् । माघ २७ गतेसम्म सञ्चालन हुने महोत्सवमा आठ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्वसस्थलमा प्रवेश गर्नका लागि रु ७५ र विद्यार्थीलाई ५० तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । महोत्सव सञ्चालनको लागि विद्युतीय बोलपत्र प्रक्रियाबाट छनोट गरी मूल्य अभिवृद्धि करबाहेक रु ८६ लाखमा ठेक्का लागेको हो । विगतमा पाल्पा उद्योग वाणिज्य सङ्घ र पाल्पा व्यापार सङ्घले तानसेनमा व्यापार तथा पर्यटन महोत्सवको आयोजना गर्दैआएका थिए ।

वि.सं.२०८२ माघ १५ बिहीवार १४:२० मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...