back
CTIZAN AD

प्रतिनिधिसभा निर्वाचनः कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

वि.सं.२०८२ माघ १८ आइतवार

711 

shares

महेन्द्रनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा स्वतन्त्रसहित ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र रहेकामा कूल ५५ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये ४८ जना नयाँ उम्मेदवार रहेका निर्वाचन कार्यालयले जनाएको छ ।

एक लाख एक हजार ७२४ जना मतदाता रहेका निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट युवा नेता गोपीप्रसाद उपाध्याय, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट तारा लामा तामाङ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट विना मगर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट जनकसिंह धामी, चार जना स्वतन्त्रसहित १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रका लागि एमालेका तामाङ, नेकपाका मगर र रास्वपाका दिल्लीबहादुर शाहीबाहेक सबै नयाँ उम्मेदवार हुन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कूल एक लाख नौ हजार ५७४ मतदाता छन् । यहाँ कांग्रेसबाट नारायणप्रकाश साउद, एमालेबाट वचनबहादुर सिंह, नेकपाबाट माधव पन्त र रास्वपाबाट दीपक बोहरा चुनावी मैदानमा छन् । यस क्षेत्रबाट स्वतन्त्रसहित १९ जनाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । कांग्रेसका साउद र राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्कीबाहेक बाँकी १७ जना सङ्घीय निर्वाचनका लागि नयाँ उम्मेदवार हुन् ।

त्यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा एमालेका दीपकप्रकाश भट्ट र नेकपाका मानबहादुर सुनार यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन् । विसं २०७४ को निर्वाचनमा भट्ट निर्वाचित भएका थिए भने नेकपाबाट उम्मेदवार बनेका सुनारले यसअघि २०५१ सालमा स्वतन्त्र उम्मेदवारी दिइसकेका थिए ।

यस क्षेत्रमा कूल एक लाख तीन हजार ८७ मतदाता रहेकामा एमालेका भट्ट र नेकपाका सुनारबाहेक सबै नयाँ उम्मेदवार हुन् । यहाँ तीन जना स्वतन्त्रसहित १७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

वि.सं.२०८२ माघ १८ आइतवार १५:०८ मा प्रकाशित

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

सुदूरपश्चिम । बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी...

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर...