back
CTIZAN AD

नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित

वि.सं.२०८२ माघ २० मंगलवार

648 

shares

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘The HRM Awards for Corporate Excellence 2025’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीले लाइफ इन्स्योरेन्स विधातर्फ उत्कृष्ट प्रदर्शन गरेबापत अवार्ड प्राप्त गरेको हो ।

अवार्ड समारोह काठमाडौंमा सम्पन्न भएको थियो । सो अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रविण रमण पराजुली तथा नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कायस्थले अवार्ड ग्रहण गरेका थिए ।

कम्पनीले वित्तीय सुदृढता, सुशासन, दाबी भुक्तानीको प्रभावकारिता, ग्राहक सेवा, मानव संसाधन व्यवस्थापन, डिजिटलाइजेशन, अटोमेसन तथा डिजिटल ट्रान्सफर्मेसनका क्षेत्रमा गरेको उल्लेखनीय योगदानका आधारमा यो सम्मान प्राप्त गरेको आयोजकले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले पारदर्शी नीति तथा योजना, प्रभावकारी कार्यसम्पादन, जोखिम व्यवस्थापन, नवप्रवर्तन तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रममार्फत बीमा क्षेत्रमा उल्लेखनीय भूमिका खेल्दै आएको छ । कम्पनीले आम सर्वसाधारणलाई सरल, सहज र विश्वासिलो बीमा सेवा प्रदान गर्दै आएको बताइएको छ ।

अवार्ड प्राप्तिप्रति खुशी व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले यस सफलतामा सञ्चालक समिति, कर्मचारी, बीमित, अभिकर्ता, नियामक निकाय, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाको योगदान रहेको बताए । उनले आगामी दिनमा पनि जीवन बीमाको महत्व र पहुँच विस्तार गर्दै अझ प्रभावकारी र ग्राहककेन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

वि.सं.२०८२ माघ २० मंगलवार १३:२१ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...