back
CTIZAN AD

कविता : आमा बिनाको घर

वि.सं.२०८२ माघ २४ शनिवार

663 

shares

घनश्याम पौडेल,पोखरा

आमा सन्ततिका निमित्त छत हुन् हावा हुरी छेक्दिने
आमा ज्योतिष बन्दछिन् किनभने पैले सबै देख्दिने।
आमाको ममता बिना त कसरी हुर्कन्छ होला नर
बस्नै लायकको हुककदैन अनि त्यो आमा बिनाको घर।१।

आमा सागर बन्दछिन् अनि सबै खप्छिन् परेका व्यथा
आमाका परिकल्पना परिधि हुन् यो जिन्दगीका कथा।
सास्ती खेप्नु परे उनी अघि बढे कस्ले कसो भन्छ र
दुःखैदुःख रुमल्लिनेछ जहिल्यै आमा बिनाको घर।२।

बिग्रे काम यसो भनी भर दिने खम्बा हुनेछिन् उनी
हाककस्छिन् बाहिर देखिदा तर सधैकक चिन्ता लिएकी हुनी।
खाली पार्न कहाकक सकिन्छ उनको माया दिने सागर
तारा जून नआउने दिन भयो आमा बिनाको घर।३।

छिर्नै मुश्किल पर्दछन् किरण ती उज्यालिने खालका
हिड्छन् गोरु मियो बिना मनखुशी हुन्छन् सबै तालका।
न्यानो काख जहाकक थकान हरिदिने सामिप्यमा को छ र
साह्रै जोखिम देखियो हर दिनै आमा बिनाको घर।४।

पाइन्छन् सब चीज बजार तिर गै खोजी र सोधी गरे
लाखौकक खर्च गरे नि जन्म जननी पाइन्न आमा हरे।
भाडामा अथवा घरै क्षणिकमा के नै नमिल्दो छ र
बिल्नो बन्दछ स्वादिलो तिहुन झैकक आमा बिनाको घर।५।

लाठे भैकन देश हाककक्न बढिककदा बच्चा सरी ठान्दछिन्
छोरोले बदनाम गर्दछ भनी आमा दुखी बन्दछिन्।
राम्रो बन्न सदैब ढाडस दिने मान्छे यहाकक कुन्छ र
द्यौता राखिनु पूर्वको मठ सरी आमा बिनाको घर।६।

छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८२ माघ २४ शनिवार ०५:५८ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...