back
CTIZAN AD

कविता : आवाजको खोजीमा

वि.सं.२०८२ माघ २४ शनिवार

1.1K 

shares

हिरा भट्ट ‘बदमास नम्बर दुई’
पञ्चेश्वर–६, बैतडी

एक्लो शासन फूलको छ वनमा काँडाहरू हो उठ
घुर्की लाउँछ मेघले गगनमा डाँडाहरू हो जुट
गाओ कोकिल गीत वीररसको संसार हल्लाउने
हाँस्दा दर्जन ओठ छन् मुलुकमा आँखा हजारौं रुने
।१।

खोलामा विष घोलिदैछ गँगटा माछा र माछी उठ
साँढेयुद्ध मडारियो मुलुकमा बाछा र बाछी जुट
ल्याओ नीर नयाँ हिमालयहरू रुञ्चे परेली धुने
नाच्दा दर्जन पाउ छन् मुलुकमा ठेला हजारौं रुने
।२।

बढ्दो दम्भ छ सिन्धुको शिखरका धारा पँधेरा उठ
गज्र्यो बाज छिमेकको क्षितिजमा डाङ्ग्रे जुरेली जुट
जिम्मा लिन्छ हुरी बतास घरका छानाहरू छाउने
मस्ती दर्जनको हुँदा मुलुकमा बस्ती हजारौं रुने
।३।

आयो दुष्ट वसन्त ए शिशिरका झुप्रा र छाना उठ
घाँटी रेट्दछ रोपनी समयले कठ्ठा र आना जुट
बग्दैनन् किन आज भाषण गरी खोलाहरू साउने
जन्ती दर्जनको हुँदा मुलुकमा खन्ती हजारौं रुने
।४।

कुर्सी छर्छ चिनी बटुल्छ कमिला तस्वीर छन् सम्मुख
खाँदैछन् धमिराहरू मिलिजुली आफै बसेको रुख
देओ आरन बन्चरो असमता पर्खाल छप्काउने
ज्यूँदा दर्जन लास छन् मुलुकमा स्यूँदा हजारौं रुने
।५।

सङ्केत  :Í]t M SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८२ माघ २४ शनिवार ०५:५६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...