back
CTIZAN AD

रागविराग

वि.सं.२०८२ माघ २४ शनिवार

768 

shares

सुन्दरप्रसाद रिजाल, विराटनगर

नानीभित्र बास बसेर परेलीका ओठ चलाउँछौ तिमी।
सांकेतिक भाषाको इसारा नबुझ्दा सधै गलाउँछौ तिमी।।

मोह माया जन्मेसि उब्जिने एक प्रकारको कम्पन होला।
प्रेमको दियोमा बाती हालेर नेत्र दीप जलाउँछौ तिमी।।

धेरै कुरा सुनेर मनलाई भ्रमित बनाउनु हुँदैन।
अरूको नजरमा बनेको अस्तित्व किन ढलाउँछौ तिमी।।

नयनमा बग्ने धारहरू सधैँ एकनास कहाँ बग्छ र?
तर पनि मौका मिले प्रेमिल नयनले दलाउँछौ तिमी।।

यसै कारण थाहा हुँदैन प्रेमको द्वार सधैँ खुला राख्दा ।
नयनका नानीमा मलाई बास दिने कहलाउँछौ तिमी।।

अक्षर सङ्ख्या : २१
अनुप्रास : अलाउँछौ
अत्यानुप्रास : तिमी
अभ्यास :चारु अभ्यास पाठशाला

वि.सं.२०८२ माघ २४ शनिवार ०५:५४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...