back
CTIZAN AD

कविता : भ्रष्टाचार

वि.सं.२०८२ माघ २४ शनिवार

1.2K 

shares

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, नुवाकोट

नेता छान्न चुनावको लहरमा, जुट्छन् सबै मानिस ।
पैसा काण्ड चुनावमा हुन गए, व्यर्थै भयो कोसिस।।
राम्रा मानिस छोड्दछन् नजरले, हाम्रा भनी छान्दछन्।
भ्रष्टाचार बढाउने नियतले, सौदा गरी हिँड्दछन्।१।

पायो औसर ढाँट्नको यदि भने, वाचा गरी बक्दछन्।
झुट्टो पौरख धाक फूर्ति छलले, उम्दा कथा कथ्दछन्।।
गाँस्छन् रोचकको फुँदा कसमको, मास्छन् धनै देशको।
भ्रष्टाचार विषाक्त काण्ड छल हो, नामर्दको कंसको।२।

हल्ला काण्ड रचेर सभ्य जनता, उल्लू बनाए खुबै।
रक्सी काण्ड र मासु भात गफले, आफ्ना बनाए सबै।।
जित्छन् आज चुनाव भ्रष्ट जनले, बन्छन् भलाद्मी जन।
भ्रष्टाचार गरी गरी मुलुकको, लुट्छन् मजाले धन।३।

गाँजा काण्ड चरेस काण्ड थलको, त्यो भ्रष्टको काण्ड हो।
चोरी काण्ड र मूर्ति काण्ड नरको, आक्रान्तको काण्ड हो।।
दम्भी बात र भ्रष्ट काण्ड झगडा, बढ्दैछ दैनन्दिन।
भ्रष्टाचार गराउने उपरको, खोज्छन् उपाए किन।४।

ताली काण्ड कडा छ है सदनमा, झुट्टो दफा पास भो।
गाली काण्ड र बन्द काण्ड रिसले, सानन्दको नाश भो।।
सत्ता कानुन व्यक्ति शासकहरू, ठान्छन् खुबै मोज भो।
भ्रष्टाचार बढेर यो मुलुकको, कङ्गालको चाल भो।५।

छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८२ माघ २४ शनिवार ०७:३८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...