back
CTIZAN AD

गजल

वि.सं.२०८२ माघ २४ शनिवार

1.3K 

shares

श्याम माकजू,भक्तपुर

फुले पुष्प मनमा जवानी रहन्छ
त्यहीँ भित्र घरमा सुभानी रहन्छ

मिली कर्म गर्ने दुखी हुन्न बुझ्नू
जहाँ घर गरेको सिरानी रहन्छ

कहाँ चल्छ मुद्दा दुई मन मिलेमा
लिखतभित्र मनको जमानी रहन्छ

दिँदा हात उसले लिई हात थाम्नू
दुई हात जम्दा निसानी रहन्छ

गरे प्रेम साँचो मुनाको मदन भै
अमर प्रेमरूपी कहानी रहन्छ

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : आनी
रदिफ :रहन्छ
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८२ माघ २४ शनिवार ०७:४४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...