back
CTIZAN AD

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

वि.सं.२०८२ माघ २९ बिहीवार

765 

shares

चितवन । रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको समस्या बढी देखिने गरेको पाइएको छ । एचआइभी सङ्क्रमितहरूको उपचार गर्दै आएको भरतपुर अस्पताल र नारायणी अस्पताल वीरगञ्जको एआरटी सेन्टरले गरेको अध्ययनमा यस्तो भेटिएको हो ।
दुई अस्पतालमा एक हजार ६३७ जनाको परीक्षणका क्रममा १०२ जनामा यौन रोग देखिएको भरतपुर अस्पताल, एआरटी सेन्टर प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए ।

उनका अनुसार यौन रोग सङ्क्रमितमध्ये ३२ जना रोजगारीका लागि विदेश गएर फर्किएका रहेका छन् । यस्तै, यौन व्यवसायमा लागेका छ जना, उनीहरू साथी २२ जना, तेस्रो लिङ्गी ११ जना र अन्य ३१ जना रहेका छन् ।

सेन्टर प्रमुख सापकोटाले यौन रोगमा सबैभन्दा धेरै ८८ जनामा भिरिङ्गीको सङ्क्रमण देखिएको बताए । अन्य यौन रोगमा भेरिना, पाठेघरको सङ्क्रमण एवं ढुसीजन्य सङ्क्रमण देखिएको पाइएको उनले जानकारी दिए ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलले असुरक्षित यौन सम्पर्कका कारण यौन रोगको सङ्क्रमण बढेको पाइएकाले सतर्कता अपनाउन आग्रह गरे । उनले सुरक्षित यौन सम्पर्क गर्न र समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिए ।

वि.सं.२०८२ माघ २९ बिहीवार १५:०९ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...