back
CTIZAN AD

देवचुली दुर्घटना अपडेट : एकको मृत्यु, एक घाइते

वि.सं.२०८२ माघ २९ बिहीवार

1.1K 

shares

नवलपुर, देवचुली । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका–१५ स्थित क्याम्पस चोकमा स्कार्पियो गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । गम्भिर घाइते भएका रिप्सन सुनारको मृत्यु भएको छ भने अर्का विद्यार्थी रिजन धिताल सामान्य घाइते भएका छन् ।

देवचुली-१४ देवचुली चोक स्थित पूर्व पश्चिम राजमार्गमा कावासोतीबाट रजहरतर्फ आउँदै गरेको  बा २१ च ५१६८ नम्बरको स्कार्पियोले आज करिब दिउँसो ३ बजेको समयमा साइकलमा सवार रहेका जनज्योति माध्यमिक विद्यालय, देवचुली–१५ मा अध्ययनरत दुई विद्यार्थीलाई ठक्कर दिएको हो ।

विद्यालय बिदा भएपछि घर फर्किने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् । दुर्घटनामा  परेका उनीहरूको लागि देवचुली अस्पताल दलदलेमा सामान्य उपचार पश्चात भरतपुरस्थित सिएमसी अस्पताल लगिएको थियो ।

स्थानीयका अनुसार ठक्कर दिने स्कार्पियो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स क्षेत्रमा सवारी चाप उच्च हुने भएकाले सडक सुरक्षामा ध्यान दिन स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् ।

वि.सं.२०८२ माघ २९ बिहीवार १८:५९ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...