back
CTIZAN AD

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मकः राष्ट्रपति

वि.सं.२०८२ फागुन १ शुक्रवार

675 

shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय क्याडेट कोर (एनसिसी) ले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवद्र्धन गर्नु सकारात्मक भएको बताएका छन् ।

एनसिसी युथ एक्सचेन्ज प्रोग्रामअन्तर्गतका सहभागीका लागि राष्ट्रपति निवास शीतल निवासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।

“यसले विभिन्न देशका युवालाई एकत्रित गरेर उनीहरूलाई बफादार, अनुशासित, जिम्मेवार, भविष्यका प्रभावशाली नेतृत्वकर्ता र असल नागरिकको रूपमा रूपान्तरण गर्ने काम गर्दै आएको छ, यसले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुण विकास तथा प्रवद्र्धनको काम गर्नु खुसीको विषय हो”, राष्ट्रपति पौडेलले भने ।

उनले यसप्रकारको युवा आदानप्रदान कार्यक्रमले नेपाली सेनाले मित्र राष्ट्रका सेनासँग आपसी सम्बन्धलाई बलियो बनाउनुका साथै क्याडेटबीच सीप, संस्कृति र परम्पराको आदानप्रदान गर्ने सुनौलो अवसर प्राप्त गरेको बताए ।

नेपालका क्याडेटहरूले हालै भारत, भुटान, पाकिस्तान, र माल्दिभ्समा आयोजित युवा आदानप्रदान कार्यक्रममा भाग लिई आफूलाई थप विकास गर्ने अवसर पाएको तथा यस्ता कार्यक्रमबाट एकआपसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थबारे बुझ्न र जान्न सकिने उनकोे भनाइ थियो ।

“यस युवा आदानप्रदान कार्यक्रमले हामी बिचमा रहेका सम्बन्धलाई थप सुमधुर बनाउँदै विश्व नै एक समुदाय हो भन्ने सन्देश प्रवाह गर्नेछ भन्ने मेरो विश्वास छ”, राष्ट्रपति पौडेलले भने ।

वि.सं.२०८२ फागुन १ शुक्रवार १६:२९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...