back

साठी हजार महिला श्रमिक मनोरञ्जन क्षेत्रमा

वि.सं.२०७४ असार १ बिहीवार

591 

shares

१ असार, काठमाडौँ । देशभर साठी हजार महिला श्रमिक मनोरञ्जन क्षेत्रमा काम गर्ने गरेका छन् । चेतना अभिवृद्धि केन्द्र (क्याप)  नेपालले गरेको अध्ययनमा देशभर तीन हजार ५०० मनोरञ्जन क्षेत्रमा ६० हजार महिला श्रमिक काम गर्ने गरेका छन् । अध्ययनमा काठमाडौँको गोँगबु, कलङ्की, सुन्धारा, ठमेल साथै पोखरा, विराटनगर, नेपालगञ्जलगायत ठूला सहरमा रहेका होटल, रेष्टुराँ, दोहोरी, डान्सबारमा धेरै महिला श्रमिकले काम गरिरहेका छन् ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण कतिपय महिला उक्त क्षेत्रमा लागेको क्याप नेपालले जनाएको छ । मनोरञ्जनको क्षेत्रमा काम गर्ने कतिपय महिला श्रमिक यौन शोषणको सिकार बन्ने गरेकोमा उनीहरुलाई कसरी सम्मानित जिवन ज्ञापन गराउने बिषयमा क्याप नेपालले विगत १४ वर्षदेखि क्याप नेपालले काम गरिरहेको छ ।

धेरै होटल, रेष्टुराँ, दोहोरी, डान्सबार भएको क्षेत्र टोखा नगरपालिकाको गोँगबु क्षेत्रमा काम गर्ने महिलाहरुको हक अधिकारका लागि क्याप नेपालले आज टोखाका जनप्रतिनिधिसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अशिक्षा, बेरोजगार र चेतनाका कारण कतिपय महिला यौन हिंसाका सिकार बन्न पुगेको भन्दै यसलाई निरुत्साहित गर्न आफूहरु लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “बालहिंसा, महिला हिंसा, छाडा चौपाया नियन्त्रण आफ्नो प्राथमिकता हो ।” उपप्रमुख ज्ञानमाया डङ्गोलले महिला हिंसा र बाल श्रमको प्रयोग कहाँ कसरी भइरहेको छ भन्ने बारे नगरपालिकाले तथ्याङ्क सङ्कलन गर्ने र बाल श्रममा लगाउने तथा महिला हिंसा गर्नेलाई कडाभन्दा कडा कारबाही गरिने बताउनुभयो ।

क्याप नेपालका अध्यक्ष भुपाल ढकालले आफ्नो संस्थाले १४ वर्षदेखि बाल हिंसा र महिला हिंसाको क्षेत्रमा काम गरेको उल्लेख गर्दै २५ जनालाई उद्धार गरी पुनःस्थापना केन्द्रमा राखिएको बताउनुभयो । भूकम्पपछि रोजगारको समस्याका कारण विभिन्न सहरभित्र भित्रिएका महिला तथा बालबालिका बढी हिंसाको सिकार बन्न पुगेको क्याप नेपालले जनाएको छ । रासस

वि.सं.२०७४ असार १ बिहीवार १६:२७ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...