back
CTIZAN AD

चलचित्र पत्रकारिता विस्तारित हुँदै

वि.सं.२०८२ चैत १० मंगलवार

369 

shares

काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा स्थापित गर्न विभिन्न प्रदेश तथा जिल्ला शाखामा अधिवेशन गरी सङ्गठन विस्तार गरेको छ ।

चलचित्र उद्योगलाई सञ्चार क्षेत्रबाट सहयोग गर्दै आएको सङ्घले मुलुकुका १५ जिल्ला शाखा र विदेशमा आठ शाखा विस्तार गरेको केन्द्रीय अध्यक्ष समिर बलामीले जानकारी दिए । उनका अनुसार आफ्ना गतिविधि केवल चलचित्र पत्रकारितामा मात्र सीमित नभई कला, साहित्य, गीत–संगीत, रङ्गमञ्च, मनोरञ्जन र अन्य साङ्गीतिक कार्यक्रममा सक्रिय तुल्याउन शाखा विस्तार गरिएको बताए । सङ्घले आफ्नो १०औँ केन्द्रीय महाधिवेशन आगामी वैशाख ५ गतेभित्र गर्ने गरी शाखा अधिवेशन गरेको जनाएको छ ।

सङ्घको शाखा अधिवेशनबाट सङ्घको कोशी प्रदेशमा अध्यक्ष वीरेन्द्र शाह तथा कास्कीमा सन्तोष बस्याल, पर्सामा सूर्यनारायण विक, सुनसरीमा सुवास सङ्कल्प श्रेष्ठ, मकवानपुरमा कपिल खड्का र मोरङमा प्रेम देवान अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् । यस्तै चितवनमा गोविन्द अर्याल, इलाममा अतित योङहाङ, रूपन्देहीमा कृष्ण भण्डारी, कैलालीमा विवेक नगारी, झापामा एकराज प्रधान, सुर्खेतमा रमेशकुमार पाण्डे, बाँकेमा रामचन्द्र पौडेल र दाङमा निरला अर्याल अध्यक्षमा चयन भएका छन् ।

सङ्घले आफ्ना सदस्यका लागि दक्षता अभिवृद्धि कार्यक्रम, अन्तरक्रिया, कार्यशाला, राष्ट्रिय भेला, स्थापना दिवस, राष्ट्रिय कार्यशाला, कल्याणकारी कोष सञ्चालन, बिरामी सदस्यलाई सहयोग प्रदान लगायत कार्य गर्दैआएको छ ।

वि.सं.२०८२ चैत १० मंगलवार १३:०६ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...