back
CTIZAN AD

ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा

वि.सं.२०८२ चैत १० मंगलवार

441 

shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ ले ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध गराउन थालेको छ । घरदैलोमै सेवा दिन थालेपछि स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भोग्दै आएका ज्येष्ठ नागरिकलाई राहत पुगेको छ ।

वडा कार्यालयले आधारभूत स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी परिचालन गरी टोल–टोलमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण गर्न थालेको हो । ज्येष्ठ नागरिकमा बढी देखिने उच्च रक्तचाप, मधुमेह, स्वासप्रश्वाससम्बन्धी, ग्यास्ट्रिकलगायत नसर्ने रोगको परीक्षण र उपचार घर नजिकैबाटै हुन थालेपछि उनीहरु लाभान्वित भएका छन् ।

आधारभूत स्वास्थ्य चौकीका प्रमुख हरि नाथका अनुसार वडा कार्यालयले दुई वर्षदेखि निरन्तर बजेट व्यवस्था गरेपछि कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएको छ । हाल वडाका चार टोलमा स्वास्थ्यकर्मीको टोली पुगेर सेवा दिँदै आएको छ । प्रत्येक महिनाको २१, २२ र २३ गते टोलमै पुगेर नसर्ने रोगको पहिचान, उपचार, औषधि वितरण तथा जटिल प्रकृतिका बिरामीलाई अन्य स्वास्थ्य संस्थामा उपचारका लागि सिफारिस गर्नेलगायत काम हुँदै आएको छ ।

स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकलाई नसर्ने रोगबाट बच्ने उपाय, नियमित औषधि सेवन, सरसफाइ, व्यायाम तथा पोषणयुक्त सन्तुलित भोजनको प्रयोगबारे परामर्श दिने गरिएको स्वास्थ्यकर्मी नाथले बताए । नियमित परीक्षणका कारण रोग समयमै पहिचान गर्न र नियन्त्रणमा राख्न सहयोग पुगेको उहाँको भनाइ रहेको छ ।

वडाध्यक्ष चक्रबहादुर खडकाले ज्येष्ठ नागरिकलाई सामान्य स्वास्थ्य परीक्षणका लागि पनि टाढाको स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै घरदैलोमै सेवा उपलब्ध गराउने व्यवस्था गरिएको बताए । उनका अनुसार वडाबाट बजेटको व्यवस्था गरी स्वास्थ्यकर्मी परिचालन गरिएको र हालसम्म २५० भन्दा बढी ज्येष्ठ नागरिक यस कार्यक्रमबाट लाभान्वित भएका छन् । घर नजिकै स्वास्थ्य परीक्षण र औषधि सेवा पाउन थालेपछि ज्येष्ठ नागरिकले खुसी व्यक्त गरेका छन् ।

वि.सं.२०८२ चैत १० मंगलवार १३:०० मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...