back
CTIZAN AD

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

वि.सं.२०८२ चैत १२ बिहीवार

384 

shares

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुदै बागलुङको तमानखोला जोड्ने सडक स्तरोन्नति थालिएको छ ।

मालिका गाउँपालिकाले यस सडकको बतासे–फुलबारी खण्डमा स्तरोन्नतिका लागि आयोजना शुरु गरेको हो । विसं २०६६ मा मार्ग खुलेको यस सडक सामान्य मर्मतको भरमा सञ्चालन हुदै आएको थियो ।

प्रदेश समपुरक शीर्षकमा गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. एक करोड बजेट बिनियोजन गरेको यस आयोजना निर्माणका लागि मंगला कन्ट्रक्सन बाबियाचौरले रु. ६५ लाख २३ हजार चार सय ३२ मा गत माघ २६ गते ठेक्का सम्झौता गरेको छ ।

आगामी असार १५ गतेसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्य अघिनै सम्पन्न गर्ने कार्ययोजना अनुसार पहिलो चरणमा डोजर परिचालन गरेर सडक फराकिलो पार्ने कामलाई तिब्रता दिएको निर्माण कम्पनीका प्रतिनिधी चक्रलाल पाण्डेले बताए ।

हाल तीन दशमलब पाँच देखि चार मिटर चौडाई भएको सडकलाई कम्तीमा छ मिटर फराकिलो पार्न भित्ता काट्ने काम भैरहेको छ । फराकिलो पारेपछि करिब पाँच सय मिटर दुरीमा नाली, ग्रेड, घुम्ती मिलाउने, ग्यावीयन, पलम पर्खाल निर्माण र ढलान गरिने निर्माण ब्यवसायी पाण्डेले बताए ।

मालिका गाउँपालिकाको प्राबिधिक शाखाका प्रमुख दिपक सापकोटाका अनुसार यस आयोजना मार्फत ११ हजार घनमिटर भित्ता काट्ने, चार सय ४५ घनमिटर ग्यावीयन जालीको पर्खाल, दुई सय ५४ घनमिटर नाली, दुई सय ५० घनमिटर ढलान र २७ घनमिटर पलम पर्खाल निर्माण हुनेछ् ।

यसअघिको बर्षमा थापाचौर देखि देविस्थान जाने घुम्ति सम्मको खण्डमा स्तरोन्नति भएको थियो । यो सडक मालिका गाउँपालिकाको ४, २, ३ नम्बर वडाका साथै बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्छन् । यो मालिका गाउँपालिकाको चालु आर्थिक वर्षको प्राथमिकताप्राप्त आयोजना भएको प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालले बताए ।

वि.सं.२०८२ चैत १२ बिहीवार ११:३१ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...