back
CTIZAN AD

उद्योग बाणिज्य महासंघ चुनाव : सुरक्षित निजी क्षेत्र घिमिरे समूहको मुख्य एजेण्डा

वि.सं.२०८२ चैत १७ मंगलवार

651 

shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को ६०औं वार्षिक साधारण सभा तथा निर्वाचन चैत २९ र ३० गते हुँदैछ । निर्वाचनका लागि अन्जन श्रेष्ठ नेतृत्वको समूहबाट वस्तुगत उपाध्यक्षका उम्मेदवार शिव प्रसाद घिमिरेले आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्  । ‘सुरक्षित निजी क्षेत्र : सशक्त महासंघ’ को मुख्य नारासहित सार्वजनिक गरिएको घोषणापत्रमा महासंघलाई केही व्यक्तिको स्वार्थपूर्ति गर्ने माध्यम बन्न नदिई आम उद्यमीको साझा र प्रभावकारी संस्था बनाउने संकल्प गरिएको छ  ।

घिमिरे समूहले महासंघको वर्तमान कार्यशैलीमा आमूल सुधारको प्रस्ताव गर्दै पाँचवटा मुख्य आधारस्तम्भ अघि सारेको छ  ।

सचिवालय पुनर्संरचना

घिमिरे समूहको प्रमुख एजेण्डा महासंघको सचिवालयलाई आधुनिक व्यवस्थापन प्रणाली र दक्ष जनशक्तिसहित पुनर्संरचना गर्नु रहेको छ  । सचिवालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’ (ऋभलतभच या भ्हअभििभलअभ) का रूपमा विकास गरी सदस्य केन्द्रित सेवा प्रवाहलाई प्रभावकारी बनाउने दाबी गरिएको छ  । “हामी बोलेर होइन, गरेर देखाउने नेतृत्वका लागि मैदानमा आएका हौँ” प्रतिबद्धता पत्रमा उल्लेख छ  ।

वस्तुगत परिषद् र नीतिगत पैरवी

वस्तुगत परिषद्लाई महासंघको नीति निर्माण र कार्यान्वयनको केन्द्र बनाउने घिमिरेको योजना छ  । सरकारी निकायसँगको संवादमा निजी क्षेत्र र सम्बन्धित वस्तुगत परिषद्का प्रतिनिधिको अनिवार्य सहभागिता सुनिश्चित गर्न सरकारसँग सहमति खोजिने प्रतिबद्धतामा उल्लेख छ  । यस्तै, उद्योगमा प्रयोग हुने कच्चा पदार्थको भन्सार दर घटाउन र आयोजना सम्पन्न भएपछि पनि रोकिएका सरकारी भुक्तानीहरू अनिवार्य रूपमा दिलाउन महासंघले नेतृत्व लिने बताइएको छ  ।

स्टार्टअप, कृषि र निर्यातमा नयाँ मोडल

घिमिरे समूहले युवा लक्षित स्टार्टअप, नवप्रवर्तन र SMEs स्थापनालाई विशेष प्राथमिकतामा राखेको छ  । कृषि क्षेत्रमा बिचौलियाको भूमिका न्यून गर्दै उत्पादनदेखि बजारसम्मको ’एकीकृत मूल्य श्रृंखला’ (Value Chain) निर्माण गर्ने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न राष्ट्रिय अभियान चलाउने घोषणापत्रमा उल्लेख छ  ।

ऊर्जा र पर्यटनमा रणनीतिक पहल

घिमिरे समूहले ऊर्जा सुरक्षाका लागि ३ देखि ६ महिनाको भण्डारण सुनिश्चित गर्ने र नवीकरणीय ऊर्जा परियोजनामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लिएको छ  । पर्यटन क्षेत्रमा भने कर, हवाई टिकट शुल्क र परमिट शुल्कलाई समयसापेक्ष र व्यवसायी–मैत्री बनाउन सरकारसँग सशक्त पैरवी गर्ने एजेण्डा अघि सारिएको छ  ।

निजी क्षेत्रको ‘सुरक्षा कवच’ बन्ने दाबी

निजी क्षेत्रको प्रतिष्ठा र आत्मसम्मानमा आँच आउँदा महासंघ मौन बस्न नहुने घिमिरे समूहको अडान छ । नीतिगत अनिश्चितता र बारम्बार हुने नियम परिवर्तनबाट व्यवसायीलाई जोगाउन ‘नीतिगत स्थिरता’ र ‘सम्पत्ति अधिकारको सुनिश्चितता’ लाई यस समूहले आफ्नो मुख्य राजनीतिक मुद्दा बनाएको छ  ।

चैत २९ र ३० गते हुने निर्वाचनका लागि घिमिरे समूहले आफ्नो प्रतिबद्धता पत्रलाई केवल ‘चुनावी कागज’ मात्र नभई वार्षिक मूल्यांकन र सार्वजनिक प्रतिवेदनसहितको उत्तरदायी दस्ताबेज भएको दाबी गरेको छ  ।

घिमिरे समुले निरन्तर एजेण्डामा काम गरिरहेको छ । प्रतिस्पर्धी नरेशलाल श्रेष्ठ समूह भने अस्पष्ट र अलमलमा देखिएको छ ।

वि.सं.२०८२ चैत १७ मंगलवार ११:१० मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...