back
CTIZAN AD

एन आई सी एशिया बैंकद्वारा लोक बाजा प्रवर्द्धनसहित नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

वि.सं.२०८२ चैत १७ मंगलवार

426 

shares

काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेड ले नयाँ वर्ष विक्रम संवत् २०८३ को अवसरमा नेपाली लोक बाजाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ।

बैंकले परम्परागत तथा लोपोन्मुख नेपाली लोक बाजामार्फत नेपालको सांस्कृतिक इतिहास र पहिचान झल्काउने गरी आकर्षक डिजाइनमा क्यालेन्डर तयार पारेको जनाएको छ। यस कार्यमा नेपाली लोक बाजा संग्रहालय को सहयोग रहेको बैंकले जानकारी दिएको छ।

क्यालेन्डरमा देशका विभिन्न क्षेत्र, समुदाय तथा चाडपर्वमा प्रयोग हुने धार्मिक, सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक महत्व बोकेका बाजाहरू र तिनको बजाउने शैलीसमेत समेटिएको छ। भित्ते तथा टेबल दुवै प्रकारका क्यालेन्डर बैंकको आधिकारिक वेबसाइटमार्फत उपलब्ध गराइएको छ।

बैंकका अनुसार नेपाली लोक बाजाहरू हाम्रो संस्कृति, परम्परा र पहिचानका महत्वपूर्ण प्रतीक हुनुका साथै अमूल्य सांस्कृतिक सम्पदा पनि हुन्। यस पहलले ती बाजाहरूको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणमा टेवा पुग्ने विश्वास गरिएको छ।

साथै, क्यालेन्डरमा नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका सार्वजनिक बिदा, चाडपर्व, दिवस तथा पञ्चाङ्गसम्बन्धी विवरणहरू पनि समावेश गरिएको छ। इच्छुक व्यक्तिहरूले बैंकको वेबसाइटमार्फत क्यालेन्डर डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले नयाँ वर्ष २०८३ ले सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूमा नयाँ आशा, भरोसा र उत्साह ल्याउने विश्वास व्यक्त गरेका छन्।

वि.सं.२०८२ चैत १७ मंगलवार ११:१७ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...