back
CTIZAN AD

इरान मामिलामा ट्रम्पको ‘यू-टर्न’: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको युद्धविराम घोषणा

वि.सं.२०८२ चैत २५ बुधवार

696 

shares

वासिङ्टन/इस्लामावाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विषयमा करिब १३ घण्टाभित्रै ठूलो ‘यू-टर्न’ लिएका छन्। अप्रिल ७ को साँझ “आजको रात इरानी सभ्यता सधैँका लागि मेटिनेछ” भनी धम्की दिएका ट्रम्पले त्यसको भोलिपल्टै अचानक दुई हप्ताको युद्धविराम घोषणा गरेका हुन्।

राष्ट्रपति ट्रम्पले आफूले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल असिम मुनिरसँगको कुराकानीपछि यो निर्णय लिएको बताएका छन्। ट्रम्पले लगातार धम्की दिइरहेको र इरान पनि झुक्न तयार नभएको अवस्थामा पाकिस्तान एक महत्वपूर्ण मध्यस्थकर्ताका रूपमा अगाडि आएको हो। इरानका विदेशमन्त्री अब्बास अरागचीले पनि वार्तामा पाकिस्तानको भूमिकाको प्रशंसा गरेका छन्।

पाकिस्तानको ठूलो कूटनीतिक जीत यस घटनाक्रमलाई पाकिस्तानको ठूलो कूटनीतिक सफलताका रूपमा हेरिएको छ। वासिङ्टनस्थित एटलान्टिक काउन्सिलका माइकल कुगेलम्यानले यसलाई पाकिस्तानको हालैका वर्षहरूमा सबैभन्दा ठूलो कूटनीतिक जीत भनेका छन्। उनले भने, “पाकिस्तानले सम्भावित महाविनाश टार्न मद्दत गरेको छ र आफ्ना आलोचकहरूलाई गलत साबित गरिदिएको छ।”

यस्तै, अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका फेलो सदानन्द धुमेले पनि इस्लामावाद एक जिम्मेवार पक्षका रूपमा उभिएको र प्रमुख विश्व शक्तिहरूले पाकिस्तानमाथि भरोसा देखाएको उल्लेख गरेका छन्।

चीनको भूमिका र अमेरिकाको बदलिँदो नीति न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार चीनको अन्तिम समयको हस्तक्षेपले पनि इरानलाई युद्धविराम स्वीकार गर्न प्रोत्साहित गरेको थियो। ट्रम्पले पनि समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै चीनले इरानलाई सहमत गराउन भूमिका खेलेको आफूले विश्वास गरेको बताएका छन्।

यसअघि इरानलाई नामेट पार्ने कुरा गरिरहेको अमेरिका अहिले सशर्त वार्ताका लागि तयार हुनुलाई उसको नीतिमा आएको परिवर्तन मानिएको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अर्को चरणको वार्ताका लागि छलफल जारी रहेको बताएकी छिन्।

विज्ञहरूको विश्लेषण भारतकी पूर्व विदेश सचिव निरुपमा मेनन रावले यसलाई ‘शक्ति प्रदर्शन मात्र नभई सीमाहरूको पहिचान’ भनेकी छिन्। उनले सैन्य उद्देश्य पूरा भएको भए पनि राजनीतिक लक्ष्य अझै स्पष्ट नभएको बताइन्। उनका अनुसार इरानले रणनीतिक लचकता देखाउँदै प्रतिबन्धमा राहत र सुरक्षा ग्यारेन्टी जस्ता सर्तहरूमा वार्तालाई मोड्न सफल भएको छ।

अर्कोतर्फ, विदेशी मामिलाकी जानकार निरुपमा सुब्रमण्यम भन्छिन्, “पाकिस्तानको छवि पहिले ओसामा बिन लादेनलाई शरण दिने देशका रूपमा नकारात्मक थियो, तर यसपटक उसले बिल्कुलै फरक र सकारात्मक भूमिका निभाएको छ।” साउदी अरबसँगको रक्षा सम्झौता र इरानसँगको ९०९ किलोमिटर लामो सिमानाका कारण पाकिस्तानका लागि यो युद्ध रोकिनु अनिवार्य जस्तै थियो।

अमेरिकाका लागि पाकिस्तानका पूर्व राजदूत हुसेन हक्कानीले वाल स्ट्रिट जर्नलसँग कुरा गर्दै भने, “पाकिस्तानका लागि यो विन–विन अवस्था हो। उसको अलग–थलग परेको छवि हटेर अब विश्व राजनीतिको केन्द्रमा रहेको छवि बनेको छ।”

विविसि हिन्दिबाट साभार

वि.सं.२०८२ चैत २५ बुधवार १४:०९ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...