back
CTIZAN AD

मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

वि.सं.२०८३ जेठ १५ शुक्रवार

354 

shares

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०३/४ का लागि वार्षिक बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई संघीय संसद्मा प्रस्तुत गर्न स्वीकृति दिएको हो ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्बाट बजेट पारित भइसकेको जानकारी दिएका छन् । उनका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्नेछन् ।

संवैधानिक व्यवस्था अनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ । सोही व्यवस्था अनुसार सरकारले आगामी वर्षको आर्थिक नीति तथा कार्यक्रमलाई समेटेर बजेट ल्याउन लागेको हो।

यस वर्षको बजेटमा आर्थिक सुधार, उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा निजी क्षेत्रको प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको अनुमान गरिएको छ। साथै शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा तथा सूचना प्रविधि क्षेत्रका कार्यक्रमहरूमा विशेष जोड दिइने अपेक्षा गरिएको छ ।

सरकारले सार्वजनिक गर्ने बजेटप्रति निजी क्षेत्र, कर्मचारी, व्यवसायी तथा सर्वसाधारण नागरिकको चासो बढिरहेको छ ।

वि.सं.२०८३ जेठ १५ शुक्रवार १६:१० मा प्रकाशित

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...