Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

‘संसारका ३० देश पुगे तर, आफ्नो माटोमा जत्तिको आत्मसन्तुष्टि कतै भएन’



dhyanraiलोकगायक पशुपति शर्माको ‘मलाई अमेरिका यहि, मलाई जापान पनि यहि’ भन्ने गीतले धेरै नेपाली युवालाई आफ्नो माटोको सम्मान गर्नुपर्छ र आफ्नै माटोमा आत्मसन्तुष्टि लिन जान्नु पर्छ भन्ने सन्देश दिन सफल भएको छ । पछिल्लोपटक विशेषत प्रवासमा रहेका युवालाई परदेशले दिएको पीडा, सन्तानसँग छुटाएको साथ र माटोसँग टाढा भएको पीडाको अनुभूति बोकेको हेमन्त रानाको ‘सुन साइली’ नामक बोलको गीतले त झनै धेरै युवाहरूलाई आजै झोला कसेर देश फर्किउँ बनाएको छ । अरबी मरुभूमिको ५० डिग्रीको ताप सहेर काम गरिरहेका युवालाई आङ सिरिङ बनाउँदै देश र परिवारको माया गहिरो रूपमा मुटुमा संचार गरिदियो । त्यस्तै भयो भोजपुरका युवा ध्यान राईलाई पनि । उनी कामकै सिलसिलामा विभिन्न आरोह अबरोह गर्दै संसारका ३० भन्दा बढी देशमा पुगे । सबै देशका भिन्न भिन्न अनुभव उनीसँग छ । तर, ती सबैदेशमा भन्दा सन्तुष्टि उनलाई आफ्नै देशमा भयो । उत्पादनबाटै देशको आर्थिक समृद्धि छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पथरीको शनिश्चरे नगरपालिका ५ हसन्दहमा कृषि तथा पशुपालन र इटहरी उपमहानगरपालिका ४ मा पियोर फुड एण्ड मिट्स प्रा.लिका नाममा व्यवसाय संचालन गरेका राईसँग ऐक्यबद्धताका लागि चन्दा थापाले गरेको साक्षात्कार :

यहाँको जन्मस्थान, परिचय र शिक्षा
मेरो जन्म भोजपुर बास्तिम पञ्चायत वडा नंबर ८, (बास्तिम गाँउ बिकास समिति वडा नंबर ८) हुदै अहिले आएर पौवा दुम्मा गाँउपालिका वडा नंम्वर ४ मा २०३५ सालमामा जन्मेको हुँ प्राथामिक तहसम्मको शिक्षा गाँउको श्रीलक्ष्मी नारायण प्राथामिक बिद्यालयबाट पुरा गरि माध्यमिक तहको शिक्षा मोरङ जिल्लाको केराबारी स्थित श्रीमच्छेन्द्र माबि बाट पुरा गरें । त्यस पश्चात मैले उत्तरपानी प्राबिधीक शिक्षालयबाट २०५३ सालमा दुईबर्षे जेटीए कोर्ष पुरा गरे । लगत्तै जागिर शुरु गरियो । त्रीचन्द्र कलेज बाट २०५७ मा स्नातक तहसम्मको शिक्षा पुरा गरेको छु । स्नात्तोकोत्तर तह पुरा गर्न सकेको छैन, त्यसैमा अफसोच छ । अव यो पनि पुरा गर्ने शोँचमा छु ।

बिदेश किन र कसरी जानु भयो ?
वि.सं २०५८ सालमा युएसएआइडिले सञ्चालन गरेको परियोजना ग्रामिण विकासको लागि बजारमा (Market Access for Rural Development(MARD) मार्ड शिर्षकको लागि डिप्रोक्स नेपाल नुवाकोटमा कार्यरत थिएँ । त्यसबेला जनयुद्ध जारी थियो । केही उच्छ्रिङ्खल माओवादीहरूले अफिस जलाइदिए । त्यहाँ कार्यरत धेरैले जागिरबाट हात धुनु प¥यो । त्यसपछि मैले विदेश जाने सोँच बनाए । सन् २००३ मा अफगानिस्तान गएँ । म श्रमिकको हैसियतमा बिदेश गएको थिएँ । तर मलाई भान्जा पर्नेले नै ठगेपछि म भारतमा दुई बर्षसम्म बस्नु पर्यो । त्यो समयलाई मैले अवसरको रूपमा प्रयोग गरेँ । दिल्लीबाट कम्प्यूटर नेटवर्क इन्जिनियरिङ्ग अन्तर्गत डिप्लोमा कोर्ष गरेँ । यही कोर्षले नै मलाई धेरै देशहरूमा बस्ने अनुमति मिल्यो ।

कतिबर्ष बस्नु भयो, कहिले फर्कनु भयो ?
म भारतमा २ वर्षसहित १३ बर्ष बिदेश बसेँ । अब केहि गर्छु भनेर सन् २०१५ को अक्टोबरमा फर्केको हुँ ।

के गर्नुहुन्थ्यो, ब्यापार वा काम ?
म विदेशमा एउटा मात्र देशमा बसिन । २००५ को डिसेम्बरमा भारत छोडेर थाइल्याण्ड पुगेँ । थाइल्याण्डमा एक वर्ष बसेर फेरि सिंगापुर गएँ । सोहि कम्पनीको शाखा कार्यालय सिंगापुर र मलेसियामा पनि भएको र दुवै कार्यालयको कम्प्युटर सम्बन्धी काम मैले नै गर्नुपर्ने भएकोले म नै जानु प्¥यो । सन् २००८ मा म त्यहाँबाट न्यूजिल्याण्ड गएँ । न्यूजिल्याण्डमा आफ्नै ु’Advance Internet Technology Agency Ltd’ कम्पनी खोलेँ । यो कम्पनीमा मैले बेलुका मात्र काम गर्थे भने बिहान ५ देखि साँझको ५ बजेसम्म हर्ड म्यानेजर भएर ‘रोजनिथ ग्रे’ डेरी फार्ममा काम गरेँ । उक्त डेरी साउथ आइल्याण्डको ओतागो प्रोभिन्स अन्तर्गत पर्ने ओमरु भन्ने ठाँउमा थियो । उक्त फार्ममा १८ सय गाई थिए । त्यहाँ २ वर्ष डेरीमा काम गरेपछि काम छाडेर आफ्नै व्यवसायमा फुलटाइम लागेँ । फेरि सन् २०१० को अप्रिलमा थाइल्याण्ड फर्केर फेरि थोक तथा खुद्रा कपडाको व्यापार गरेँ । अन्त्यमा नेपालमा नै केही गरौँ भनि २०१५ को अक्टोवरमा नेपाल फर्केर अहिलेसम्म लागि परेको छु । समग्रमा भन्नुपर्दा मेरो विदेशको १३ वर्षे समय अस्थिरतामै बित्यो ।

थाइल्याण्ड नै राम्रो थियो नि, किन फर्कनु भयो ?
मेरो जीवनको अवधिभर मैले धेरै देश घुमेर नै बिताएँ । मैले ४ वटा नेपालको पासपोर्ट फेरि सकेछु । गर्व लाग्नु भन्दा पनि दुःख लाग्छ । देशकै हिसाब गर्ने हो भने ठूलो र सानो गरि ३० वटा देशमा पुगेको छु । कमाईको हिसाबले कुन देश राम्रो कुन देश नराम्रो, त्यो आफ्नो स्थानमा होला तर आत्मसम्मान र आत्मसन्तुष्टीको लागि चाहि नेपाल नै राम्रो हो ।
कमाई र पर्यावरणको हिसाबले न्यूजिल्याण्ड, सम्मानको हिसाबले थाइल्याण्ड र सुरक्षाको दृष्टिकोणबाट सिंगापुर राम्रो छ । तर झुप्रो नै भएपनि आफ्नै घर, अनि जर्जर भए पनि आफ्नै देश नै प्यारो छ ।

बिदेशी भूमिमा ज्यान गुमाएकाहरूको मृत शरीर फँ्याक्ने मानिसहरू समेत नभेटिएको देखे पछि म आफैलाई प्रश्न गरेँ, म यहाँ के गरिरहेको छु ? यो प्रश्नको उत्तर खोज्दा खोज्दै आफ्नो देशमा फर्कन प्रेरित भएँ ।

हाल के गर्दै हुनुहुन्छ ?
हाल आएर २०५२ \५३ सालमा पढेको जेटिए कोर्षको उपयोग गर्दै मैले पशुपालन तथा मासु प्रशोधनको काम शुरु गरेको छु । १ बिघा जमिनमा मैले पशु तथा पंक्षीपालन गरेको छु । जसमध्ये ३००० ब्रोइलर (८००० हुर्काउने लक्ष्य), २०० हाँस, ३२ वटा बंगुर, ६ कट्ठा जमिनमा माछा पोखरी रहेको छ र थप निर्माण कार्य भइरहेको छ ।

पेशामा देखिएका अवरोध र अवसरहरू के कस्ता पाउनु भएको छ ?
पेशा आफैमा कुनै पनि राम्रा वा नराम्रा हुँदैनन्  । तर पेशालाई आफैले राम्रो र नराम्रो बनाइन्छ । कृषि पेशा मेरो लागि अहिले सम्मानित पेशा बनेको छ । म आफूलाई कृषक हो भन्नुमा गौरव मान्ने गरेको छु । मेरो लागि अवरोध भनेको आफूसँग प्रर्याप्त मात्रामा जमीन नहुनु नै हो । अवसरको कुरा गर्ने हो भने म त कृषि क्षेत्रमा अवसरै अवसर देख्छु । यहाँ त बहाना बनाउने चलन छ र मात्र हो, अन्यथा नेपाल त हामी जस्तो कृषकको लागि स्वर्ग हो ।

व्यवसायमा अहिले झेल्नु परेको समस्याहरू के के हुन् ?
व्यवसायमा कुनै समस्या छैन् । तर, शुरु गर्दा कम्पनीमा, घरेलुमा, जिल्ला पशु विकास कार्यालय लगायतका सरकारी निकायमा दर्ता गर्न निकै कठिन हुँदो रहेछ, बानी नपरेर होला ।
बैंकबाट ऋण समयमा नहुँदा पनि अलिक निराश चाहिँ लाग्ने नै रहेछ । अन्यथा कुनै पनि समस्या परेको छैन । स्मरणीय के छ भने मेरो लागि बैंकबाट ऋण पनि सजिलै नै भएको छ । यसको लागि मैले नेपाल बंगलादेश बैंक, धरान शाखाका शाखा प्रबन्धक सरोजबाबु तिवारी लगायत वहाँको टीमलाई धन्यवाद दिनै पर्छ । वहाँहरूले मेरो लागि सम्पूर्ण ऋण बन्द हुँदा पनि विश्वास गरि लगानी गर्नुभयो । मेरो फर्म अहिलेको अवस्थामा आउनुको पछि वहाँहरूको हात छ भन्दा कुनै अत्यूक्ति हुँदैन । अर्कोकुरा व्यवसाय गर्दा धेरै समस्याहरु आउँछन । सबैभन्दा ठूलो र बिकट समस्या भनेको आर्थिक नै हो । यो समयमा उचित वैंक छनौट गर्न नसकदा मैले ३ महिना समय बर्बादका साथै आफूसँग भएको केही पैसा पनि बर्बाद भयो । त्यसैले यस्ता कुरामा पनि ध्यान दिन साथीहरुलाई आग्रह गर्दछु ।

सामूहिक व्यवसाय हो कि एकल ?
यो मेरो एकल व्यवसाय हो । सामूहिक व्यवसाय नेपालीहरूको परिप्रेक्ष्यमा दिर्घकालीन भएको मैले देखेको छैन ।

देशमा बाँच्न सकिन्न र अवसर पनि छैन भन्नेहरूका लागि के भन्नुहुन्छ ?
नेपाली हामीमा सिक्न सक्ने क्षमता धेरै छ । देशमा यति धेरै अवसरहरू छन् कि गर्नेको लागि यहाँ प्रत्येक पाइलामा अवसर छ । बिदेशमा हामी अरुको अर्डरमा काम गर्छौ । यहाँ आफै मालिक हुँदा पनि काम गर्दैनौं । कल्पना गर्नुहुन्छ ? न्यूजिल्याण्डमा पिएचडी गरेका नेपालीहरू बारीमा आलु, प्याज टिप्दैछन् । कुखुराको अण्डा टिप्दा टिप्दा हातको छाला खुइलिँदा पनि खुसी छन् । त्यहाँका स्वाँठ खैरेहरूले’Asian Peanuts’ को संज्ञा दिँदै बोलाउँदा नेपाली मुस्कुराउँछन् र फेसबुक वालमा नेपालमा ु’Social Discrimination’ छ भन्दै नेपालकै धज्जी उडाउँछन् । उनीहरूका लागि नेपालमा अवसर छ भन्नु बेकार होला तर मैले चाहिँ अवसर नै अवसर देखेको छु । किनकी नेपाल अझै पनि कम बिकसित देशमा पर्दछ । स्मरणीय छ, बिकसित देश भन्दा कम बिकसित देशमा प्रशस्त अवसर हुन्छ ।
तपाईले घुमेको र काम गरेको देशहरू मध्येबाट नेपालीले सिक्नु पर्ने कुराहरू केके छन् ?
भारतबाट नेपालीले सिक्ने होइन, नेपालबाट भारतले नैतिक शिक्षा सिक्नु पर्छ । थाइल्याण्डबाट नेपालीले कसरी आदर गर्ने, कस्तो व्यवहार गर्ने भन्ने सिक्नु पर्छ । चाइनाबाट नेपालीले कति र कसरी परिश्रम गर्नुपर्छ भन्ने सिक्नु पर्छ भने न्यूजिल्याण्डबाट प्राकृतिक श्रोत र साधनको बाँडफाँड र परिचालन तथा संरक्षण कसरी गर्ने भन्ने सिक्नु पर्दछ । नेपालीले सिंगापुरबाट सिक्नैपर्ने कुरा भनेको न्यूनतम स्रोतसाधनबाट अधिकतम प्रतिफल कसरी लिने भन्ने नै हो । जापानबाट पनि नेपालीले सिक्ने पक्ष भनेको परिश्रम र प्रविधि नै हुन् ।

बिदेशबाट फर्कनेका लागि सरकारले कस्तो सहयोग गरिदियोस जस्तो लाग्छ ?
बिदेशबाट फर्केर आउनेको लागि सरकारले छुट्टै केही गर्नै पर्दैन । अन्यथा अर्थ नलागेमा बिदेशमा जाने भनेको देशमा श्रम गर्न नसकेर अर्काकोमा शरण माग्न गएका हौँ । विदेश जाने नेपालीहरूमा “रुखमा पैसा फलेको छ, त्यो टिपेर ल्याउन हिडेको’ भन्ने जस्तो बुझाई छ । तर त्यो बिदेशबाट आउने रकमको पछाडीको नदेखिने कथा बुझ्ने सायदै होलान् ।
बिदेशमा दुई बर्षसम्म कहर काटेर आउने नेपाली श्रमिकहरू जब नेपाल फर्कन्छन् अधिकांशले दुई बर्षसम्म कमाएको कमाई कुनै पनि उत्पादनमुलक व्यवसाय वा पेशामा भन्दा पनि घर घडेरी जोड्न वा घर खर्चमा सक्छन् । अनि जहिले पनि जस्ताको तस्तै । मेरो विचारमा बिदेशबाट फर्केर आउनेको मस्तिष्कमा आफ्नो आत्मसम्मानको मूल्य थाहा हुनुपर्छ, पसिना र परिश्रमको मूल्य थाहा पाउनु पर्छ । अनि मात्र विकल्पको खोजि हुन्छ । अनि उ आफैले आफ्नो स्थान खोज्न थाल्छ । सरकारले केही गर्नै पर्दैन ।

बिदेशमा बस्ने नेपालीहरूलाई यहाँको सन्देश कस्तो छ ?
अरुको हप्काई र अर्काको अर्डरमा बिदेशमा बस्नु भन्दा नेपालमा आएर विदेशमा जतिकै मेहनत गर्यौँ भने यहि नै धेरै गर्न सकिन्छ । आउनुुहोस् हामी सबै मिलेर नेपालमा नै केही गरौँ, परिश्रम गरौँ, परिवारसँगै रमाऔँ । बिदेशमा हाम्रो पसिना नबगाऔँ । आफ्नै धरतीलाई पसिनाले सिञ्चित गरौँ । यही अनुरोध गर्न चाहन्छु ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) द्धारा सन्चालित धुर्मुस

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । इटहरीका चर्चित मेयर द्धारिकालाल चौधरी पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा भने नराम्रोसँग पराजित भएका