Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

अभिनेत्री मनिषाद्वारा अस्पताललाई एक लाख सहयोग



manisha-koiralaकाठमाडौँ । गरिब परिवारको अर्बुद (क्यान्सर) रोग उपचारमा सहयोग गर्ने उद्देश्यले चलचित्र अभिनेत्री मनिषा कोइरालाले क्यान्सर केयर नेपाल अन्तर्गत संचालित नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर, ललितपुरलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

जावलाखेलस्थित सो अस्पतालले विपन्न परिवारका बिरामीको उपचारमा उक्त रकमलाई सदुपयोग गर्ने जनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको रु एक लाख बराबरको उपचार सेवासमेत अस्पतालले निःशुल्क प्रदान गर्दै आएको छ ।

अस्पतालका अध्यक्ष डा मदनकुमार पियाका अनुसार अस्पतालले त्यहाँ उपचारका लागि आउने गरिब परिवारका बिरामीलाई निःशुल्क उपचारसमेत गराइएको जानकारी दिनुभयो ।

सोही अस्पतालद्वारा आज आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करिब ८०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । विशेष गरी क्यान्सर रोगीका लागि लक्षित गरिएको उक्त शिविरमा अधिकांशले स्तन, पाठेघर, पेटका रोगीले अर्बुद ९क्यान्सर० रोगसँग सम्बन्धित सबै परीक्षण गराएका छन् ।

अर्बुद ९क्यान्सर० रोगको निःशुल्क परीक्षण गर्ने सूचना पाएपछि काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट अस्पतालमा सेवा लिन आउनेको भीड लागेको थियो ।

उक्त शिविरमा थाइराइड, मधुमेह, स्त्री रोग, जनरल सर्जरी, नाक, कान घाँटीलगायतको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिएको अस्पतालका अध्यक्ष डा पियाले जानकारी दिनुभयो ।

शिविरमा पाठेघर तथा अर्बुद रोगका पहिचानका लागि गरिने मेमोग्राम तथा रगतको परीक्षणमा ३० देखि १०० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो ।

अस्पतालमा बिरामी ढिलो आउने हुँदा उपचारमा समस्या हुने गरेको चिकित्सकको भनाइ छ । प्रत्येक वर्ष अस्पतालले समुदायमा अर्बुद रोगका बारेमा जनचेतना फैलाउन कम्तीमा पनि तीनपटक बृहत् रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अस्पतालका व्यवस्थापक प्रभुराज वैद्यले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका तथा अन्य ग्रामीण भेगमा पनि अस्पतालले अर्बुद रोगकाबारेमा चेतना फैलाउने कार्य गर्दै आएको छ ।

यसैबीच, सो अस्पतालले मेनोपज सोसाइटी अफ नेपाल नामक स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थासँग समन्वय गरी आगामी असोजदेखि स्त्री रोग तथा महिनावारी रोकिएका महिलालाई आउने समस्याका बारेमा परामर्श तथा उपचार सुरु गर्ने समझदारी गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौं

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

बुटवल । रुपन्देहीको बुटवलमा सडकको खाल्डोमा एक युवक मृत भेटिएका छन् । इलाका प्रहरी

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक