back
CTIZAN AD

कतारमा एनआरएनए तथा प्रवासी मञ्चले मनाए बृहत इफ्तार कार्यक्रम

वि.सं.२०७४ असार ११ आइतवार

1K 

shares

id-in-qatar-nrna2
दिलकुमार श्रेष्ठ, दोहा । रमजानको अवसरमा एनआरएनए एनसीसी कतार र प्रवासी नेपाली मंच कतारले बृहत इफ्तार कार्यक्रम सम्पन्न गरेका छन् । एनआरएनए कतारले विगतका बर्षहरुमा जस्तै यससाल पनि इफ्तार कार्यक्रम सम्पन्न गरेको छ । रमजानको अवसरमा आफ्नो धर्म र सस्कृतिको जगेर्ना गर्दै बिशेष कार्यक्रम समेत गरेको थियो । धार्मिक परम्पराको सस्कृतिलाई जगेर्ना गर्दै संघले गरेको बृहत इफ्तार बिशेष कार्यक्रममा कतारमा रहेका नेपाली मुस्लिम समुदायका २०० भन्दा बढीले सहभागिता जनाएका थिए ।

बृहत इफ्तार कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका एनआरएनए आइसिसिका सल्लाहकार कार्कीले महानपर्व रमजानको शुभकामना दिएका थिए । उनले कतारमा स्थापित भए देखी संघमा जोडिएका धर्म, सस्कृति, र परम्परालाई नेपालीपन दिदै संघले कतारमा मनाउदै आएको बताए । सो अवसरमा मौलाना गुरु, एनआरएनए एनसीसी तथा आईसिसि कतारका विशिष्ट प्रतिनिधिहरुले समेत कार्यक्रमका लागी शुभकामना मन्तब्य दिएका थिए ।

id-in-qatar-nrnaसालिमार रेष्टुरेष्टको सभाहलमा सम्पन्न कार्यक्रमको सभापतित्व एनआरएनए एनसीसी अध्यक्ष विनेश तामाङ्गले गरेका थिए । प्रमुख अतिथिमा एनआरएनए आईसिसिका सल्लाहकार टिवि कार्की रहेको सो कार्यक्रममा मौलाना गुरु, एनआरएनए एनसीसी तथा आईसिसि कतारका विशिष्ट प्रतिनिधिहरुका साथै एनआरएनए आइसीसीका पुर्व तथा वर्तमान पदाधिकारीहरु, एनआरएनए एनसीसी पुर्व तथा वर्तमान पदाधिकारीहरु, संघसस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुलाई समेत असन ग्रहण गराइएको थियो ।  बार्षिक रुपमा आउने यो पर्वमा इस्लाम धर्मावलम्बीहरुले बिहान देखि बेलुका सम्म दिनभर पानि पनि नखाईकन ब्रत अर्थात् रोजा बस्ने गर्दछन् । साँझ रोजाखुले पछि मात्र भोजन गर्ने धार्मिक परम्परा रहेको छ ।


pravasi---nepali-manch-qatar

त्यसैगरी प्रवासी नेपाली मंच कतारले ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा बृहत इफ्तार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शुभकामना अदानप्रदान समेत गरिएको थियो । कतारमा नेपाली समाजहरुको स्थापना भएसंगै इफ्तार कार्यक्रमको सुरुवात प्रवासी नेपाली मन्च कतारले गरेको थियो । यसै क्रमलाई निरन्तरता दिदै मंचले यसबर्ष पनि इफ्तार कार्यक्रम गरेको छ ।

विधिवत रूपमा मौलाना गुरुबाट सुरुवात गरिएको कार्यक्रममा मंचका केन्द्यि सदस्य जियाबाबु खानले स्वागत मन्तव्य दिएका थिए । सो अवसरमा रमजान बारे जानकारी मुक्ती नवि बक्स मिया दिएका थिए । कार्यक्रममा नेपाली समाजका समाजसेवि प्रतिनिधीहरु अजिज अलि, टिवि कार्की, साकिर अलि, दिल किरणखुजुम, अब्दुल हफिज महिला प्रतिनिधि अमीना खानले शुभकामना मन्तव्य राखेका थिए ।

इस्लाम धर्मको पबित्र पर्व रमजानमा महिना दिन सम्म व्रत बस्दा मनमा खुशी र आनन्द मिल्छ । यस पर्व मनाउने क्रमसंगै यस्ता कार्यक्रमले भाईचाराको सम्बन्ध बिस्तार र हाम्रा धर्म, सस्कृती र परम्परा बारे जान्ने मौका पाउने गर्दछ । साथै यस कार्यक्रमले नेपाली समाज कतारमा समाजिक राम्रो सुरुवात भएको वक्ताहरुले धारण राखेका थिए ।
आज प्रवासी नेपाली मन्च कतार गरेको कार्यक्रममा मन्चका अध्यक्ष राम हरि गैरेले गरेका थिए । सचिव मुनाफ मियाको संचालन रहेको कार्यक्रममा नेपाली समाजका समाजसेवि प्रतिनिधीहरु पत्रकार लगाएत इस्लाम तथा गैर ईस्लाम धर्मावलम्बीहरुको बृहत उपस्तिथि रहेको थियो ।

वि.सं.२०७४ असार ११ आइतवार ०५:३३ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...