back
CTIZAN AD

पोर्चुगल कन्फेडेरसन कपको सेमिफाईनलमा, रोनाल्डोले बनाए यस्तो किर्तीमान

वि.सं.२०७४ असार ११ आइतवार

804 

shares

 

portugal११ असार, काठमाडौँ । पोर्चुगल रुसमा जारी कन्फेडेरसन कपको सेमिफाईनलमा प्रवेश गरेको छ । हिजो राति भएको खेलमा न्युजिल्यान्डलाई ४ ० गोल अन्तरले हराएसँगै पोर्चुगल सेमिफाईनलमा प्रवेश गरेको हो । पोर्चुगललाई सहज जित दिलाउने क्रममा पोर्चुगलका कप्तान क्रिस्टियानो रा्ेनाल्डो, बर्नान्डो सिल्भा, आन्द्रे सिल्भा तथा नानीले एक एक गोल गरेका थिए । समुह चरणका सबै खेल हारेको न्युजिल्यान्ड तथा एकमा जित र दुई खेलमा हार बेहोरेको आयोजक रसिया प्रतियोगिताबाट बाहिरीएका छन् । भने समुह एबाट पोर्चुगल तथा मेक्सिको कन्फेडेरसन कपको सेमिफाईनलमा प्रवेश गरेका छन् ।

ronaldo

यसै गरि हिजो भएको खेलमा गोल गरेसँँगै पोर्चुगलका कप्तान तथा रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको जर्सी लगाएर खेलेका खेलमा ७५ गोल गरेका छन् । यस्तै राष्ट्रिय टिमबाट खेलेका प्रतिस्पर्धी खेलमा ६० गोल गरेका छन् जुन युरोपेली खेलाडीहरुले प्रतिस्पर्धी खेलमा गरेको सबैभन्दा धेरै गोल हो । यस्तै रोनाल्डोका बाँकी १५ गोल भने पोर्चुगलले खेलेका मैत्रीपुर्ण खेलमा गरेका छन् । रोनाल्डो युरोपका उच्च गोलकर्ता पुस्कास भन्दा ९ गोल पछि छन् । युरोपको उच्च गोलकर्ताका रुपमा पुस्कासले ८४ गोल गरेका छन् । जुन रेर्कड रोनाल्डोले निकट भविस्यमा सहजै तोड्ने समेत देखिन्छ ।

वि.सं.२०७४ असार ११ आइतवार ०५:४९ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...