back
CTIZAN AD

चुरे विनाशले दर्जनौँ गाउँमा खानेपानीको हाहाकार

वि.सं.२०७४ असार ११ आइतवार

1.1K 

shares

११ असार, महेन्द्रनगर (धनुषा) । चुरे विनाश, प्रचण्ड गर्मी र लामो समयदेखि वर्षा नहुँदा धनुषाको पूर्वपश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको ठूलो समस्या सिर्जना भएको छ ।

लामो समयदेखि वर्षा नहुँदा चुरे क्षेत्रमा पानीको मुहान सुकेपछि यस क्षेत्रमा पानीको समस्या भएको बताउँछन् जानकारहरु ।

नक्टाझिज, ढल्केवर, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँमा पानीको समस्या विकराल बन्दै गएको छ । मुहान धमाधम सुकेका छन् भने वनमा जतासुकै डढेलो देखिन्छ । सर्वसाधारण धारा र कुवामा रातभर लाइन बस्न बाध्य छन् । पानीको सतह भासिएका कारण इनार, बोरिङ, हातेपाइप, पोखरीलगायतका अधिकांश पानीका स्रोत सुकेको स्थानीयवासी बताउँछन् ।

“पिउने पानीको जोहो गर्न पनि मुस्किल पर्न थाल्यो”, पुष्पवलपुर–३ का हिरण लामाले भन्नुभयो – “नुहाउने र सरसफाइ त टाढाको विषय भयो ।” नुहाउनुपरे गाउँले तीन घन्टा टाढासम्म पुग्न बाध्य भएका छन् । लामाका अनुसार पानी अभावकै कारण खुला शौच बढेको छ । लुगा, धुन र नुहाउनका लागि नै भनेर कमला नदी पुग्नुपर्ने बाध्यता रहेको छ ।

कुवा, इनार र पानीको मुहान सुकेकाले पानीको अभाव छ । पानी नपरेकाले यस्तो समस्यामात्र छैन, आलुका बोटसमेत मर्न थालेका छन् । अर्कातिर कृषकले मकै छर्न पाएका छैनन् । “चैतको पहिलो सातामा मकै छर्नुपथ्यो, पानी नपरेकाले मकै छर्न पाएका छैनौँ”, लालगढ–६ का महेश बस्नेतले भन्नुभयो – “यो खडेरीले अनिकालमात्र होइन, रोगव्याधी पनि ल्याउँछ ।”

पानीको अभावले किसानले यसक्षेत्रमा धानको बीउसमेत राख्न पाएका छैनन् ।
मधुवासामा पानीको मुहान सुकेपछि स्थानीय बासिन्दा खोलाखोल्सीको धमिलो दूषित पानी पिउन बाध्य भएका छन् । औरही, जलाद, बसही, चारनाथ खोलामा पूरै सुक्खा बालुुवाबाहेक केही देखिँदैन ।

अलिअलि पानी रहेको कुवामा पानी भर्न स्थानीयवासी घन्टौँसम्म लाम बस्न बाध्य छन् । स्थानीय अम्बिका लामाले भन्नुभयो – “खानेपानी लिन लामो समय लगाएर टाढा जानुपर्छ । दैनिकी निकै कष्टकर बनेको छ ।”

रातु खोलामा वर्षौंदेखि क्रसर व्यवसायीले गर्दै आएको ढुङ्गा, बालुवा र गिट्टीको अवैध उत्खननले खानेपानीको मुहानमा गम्भीर असर परेपछि इनार सुकेको किसाननगरका स्थानीय गोपाल कार्कीले बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ, धनुषाका अध्यक्ष सोमप्रसाद शर्माको अनुसार अत्यधिक चुरे दोहनले चुरे क्षेत्र विनाशका कारण पानीका मुहान सुक्न थालेकाले राजमार्ग आसपासका बस्तीमा पानीको हाहाकार नै मच्चिएको हो । हुनेखानेले त जारको पानी किनेर पनि तिर्खा मेटिरहेका छन्, नहुनेले घन्टौँ हिँडेर, लाममा बसेर पानीको जोहो गर्ने गरेका शर्माले बताउनुभयो ।

वि.सं.२०७४ असार ११ आइतवार ०६:३० मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...