back
CTIZAN AD

कला र गलाको धनि बरिष्ट लोकगायिका ‘सरु”

वि.सं.२०७४ असार ११ आइतवार

1.1K 

shares

saru
कला र गलाको धनि बरिष्ट तथा चर्चित लोकगायिका धन कुमारी थापा सरुलाइ लोक सस्कृतिको एक धरोहर स्रस्टा मान्न सकिन्छ ।  नुवाकोट जिल्लामा जन्मेर काठमाडौँलाइ कर्मथलो बनाएकी चर्चित लोकदोहोरि गायिका धन कुमारी थापा सरु बिगत दुइ दशक देखि आफ्नो कला, भाका, लोक सस्कृति र पहिचान जोगाउन तल्लिन छिन । नेपालमा नै पहिलो पटक रोदी अर्थात लोकदोहोरी साझ खोलेर लोकदोहोरिलाई ब्यबसायिक रुपमा अगाडी बढाएर निरन्तर रुपमा नेपाली लोक भाका, सस्कृतिको पहिचानलाइ जिबन्तरुप दिन सफल चर्चित तथा बरिष्ट लोक गायिका धनकुमारी थापा सरु नेपाली लोकसंगीत क्षेत्रकि एक नक्षत्र बन्न सफल भएकी चर्चित गायिका हुन । बिगत दुइ दशक देखि निरन्तर रुपमा लोक संगीतको साधना गर्दै आएकी गायिका धन कुमारीले दर्जनौ चर्चित गायक गायिकाहरु समेत आफ्नो रोदी घरबाट तथा आफै संग गाउन लगाएर नेपाली लोक सांगीतिक फाटमा उत्पादन गरिसकेकी छिन । तसर्थ पनि उनलाई लोकसंगीतको हस्ती मानिन्छ । उनि गायिका मात्र नभएर एक कुशल गीतकार पनि हुन ।

विभिन्न टेलिभिजन देखि अन्य कार्यक्रमहरुमा समेत लोक भाका, लोक सस्कृतिलाई जगेर्ना गर्न फरक फरक कार्यक्रमहरु संचालन गरिसकेकी बरिष्ट लोक गायिका धन कुमारी थापाले डेड दर्जन भन्दा बेसी आफ्नै लोक दोहोरि एल्बम नेपाली सांगीतिक बजारमा निकालिसकेकी छिन भने लगभग दुइ सय भन्दा बेसी लोकगितहरुमा आफ्नो सुमधुर तथा जादुमय आवाज भरिसकेकी छिन ।

लोक सस्कृति, लोक भाका, तथा लोक दोहोरीको क्षेत्रमा पुर्याएको अतुलनिय योगदान स्वरुप दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मानहरु समेत हात परिसकेकी चर्चित तथा बरिष्ट लोक दोहोरि गायिका धनकुमारी थापा सरुले यूरोपको विभिन्न मुलुक देखि लिएर जापान, लन्डन, हंगकंग, दुबई, कतार, मलेसिया लगायतका अन्य दर्जनौ मुलुकहरुमा गएर आफ्नो सुमधुर प्रस्तुतिहरु प्रस्तुत गरेर मुलुकमा मात्र नभएर मुलुक बाहिर समेत आफ्नो पहिचान सस्कृति जोगाउन सफल भएकी छिन । लोकगित संगीतमा मात्र नभएर उनि भजन तथा अन्य गित गाउन पनि उत्तिकै खप्पिस छिन । सानै देखि आध्यात्मिक भजन तथा अन्य कार्यहरुमा संलग्न हुन मन पराउने चर्चित गायिका धन कुमारी थापा सरु आफ्नो सस्कृति धर्म कर्ममा पनि उत्तिकै विश्वास गर्छिन ।

लोक गित संगीत मात्र नभएर उनि सामाजिक कार्यमा समेत उनले निकैनै अग्रणी भूमिका निर्बाह गर्दै आएकी छिन । देशको विभिन्न ठाउमा आश्रम निर्माण गर्नुको साथै उनले सयौ अनाथ अपाङ्ग बालबालिकाहरुलाई गास बास कपास तथा शिक्षाको पूर्ण ब्यबस्था गरि उनीहरुको उज्जवल भबिष्यलाइ सुनिस्चित बनाउने कार्य गरेकी छिन त्यसको अलावा महिला, बृद, बृदा तथा दुखि पिडितहरुको सेवामा समेत उनले आफ्नो जिबनको धेरै समय खर्च गरिसकेकी छिन ।

चाडैनै अन्य तिन वटा गित तथा म्युजिक भिडियोहरु नेपाली सांगीतिक बजारमा लिएर आउन लागेकी गायिका नेपाली लोक संगीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल चर्चित तथा बरिष्ट गायिका हुन् धन कुमारी थापा सरु । नेपाल भित्र पनि विभिन्न मेला महोत्सब स्टेज कार्यक्रम देखि अन्य धेरै कार्यक्रमहरुमा सधै ब्यस्त रहने बरिष्ट गायिका धन कुमारी थापा सरुले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन । दर्जनौ हिट गितहरु आफ्नो मिठो जादुमय आवाज भरि सकेकी सुन्दरी गायिकाले आफ्ना कतिपय गीतहरुको म्युजिक भिडियोहरुमा आफै मोडलिङ गर्दै आएकी छिन भने दर्जनौ आधुनिक गितहरु समेतमा उनले आफ्नो मिठो आवाज भरि सकेकी छिन । सुन्दर तन संगै सुन्दर मनकि पनि धनि भएकी चर्चित तथा बरिष्ट लोक गायिका धन कुमारी थापा ूसरुू सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकि मिठो आवाजको धनि आफैमा एक लोक संगीतको पारखी पनि हुन् । उनलाई एक बहु प्रतिभाशाली, भर्सलटाइल गायिका तथा मोडेल भन्न सकिन्छ, साच्चै उनीमा हर प्रकारको गित गाउन सक्ने क्षमता पनि छ त्यसैले त उनि भन्छिन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ । गायिका सरु भन्छिन लोक सस्कृति भनेको हाम्रो सम्पति हो लोक भाका अनि लोकदोहोरीलाई बचाई राख्नु अनि सम्रक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य पनि त्यसैले पनि म बेसी लोक संगीतमा बढी झुकाब राख्छु ।

वि.सं.२०७४ असार ११ आइतवार १०:१७ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...