back
CTIZAN AD

रियल म्याड्रिडका पुर्व डिफेन्डर अर्विलोवाद्वारा फुटबलबाट सन्यासको घोषणा

वि.सं.२०७४ असार ११ आइतवार

1K 

shares

arbeloa

११ असार, काठमाडौँ । रियल म्याड्रिडका भेट्रान डिफेन्डर अल्भारो अर्विलोवाले व्यवसायिक फुटबलबाट सनयास लिएका छन् । गत सिजन रियल छाडेर इङलिश क्लब वेष्टह्याम युनाइटेड गएका ३४ वर्षीय डिफेन्डरले आफ्नो फुटबल बुट थन्क्याउने घोषणा गरेका हुन । अर्विलोवाले आफ्नो करियरको महत्वपुर्ण समय रियलमा बिताएका थिए । अर्विलोवाले सन् २००२ देखि २००६ सम्म रियलमा बिताएका थिए । यस्तै २००६ देखि २००७ सम्म स्पेनिश क्लब डिर्पोटिभो लाकरुनामा बिताएका अर्विलोवा सन् २००७ देखि २००९ सम्म इङलिश क्लब लिभरपुलबाट व्यवसायिक फुटबल खेलेका थिए ।
अर्विलोवा सन् २००९मा पुनः आफ्नो पुरानो क्लब रियलमै फर्केका थिए । उनले आफ्नो करियरको महत्वपुर्ण समय सन् २००९ देखि २०१६ सम्म रियलबाट खेलेका थिए । उनले रियल म्याड्रिडबाट फुटबल खेल्दै १लालिगा, २ च्याम्पियन्स लिग, ३ कोपाडेल रे उपाधि जितेका छन् । अर्विलोवा स्पेनको प्रतिनिधित्व गर्दै सन् २०१० मा विश्वकप तथा सन् २०१२ मा युरोकपको उपाधि समेत जितेका छन् ।

वि.सं.२०७४ असार ११ आइतवार १०:५७ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...