back
CTIZAN AD

पूर्वमन्त्री नगरप्रमुखका उम्मेदवार

वि.सं.२०७४ असार ११ आइतवार

921 

shares

बैतडी, ११ असार । बैतडीको पाटन नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट पूर्व सहायकमन्त्री केशवबहादुर चन्द नगरप्रमुखका उम्मेदवार बन्नुभएको छ ।

पाटन नगरपालिकामा प्रमुखको उम्मेदवार बन्नुभएका उहाँँ नगरपालिकाका बस्तीबस्ती पुगेर घरदैलो गरिहनुभएको छ ।
चन्दलाई प्रमुखमा छनौट गरेर काँग्रेसले पाटन नगरपालिकालाई प्रतिष्ठाको विषयको रुपमा लिएको सर्वत्र अनुमान गरिएको छ भने आफ्नो राजनीतिक जीवनको अनुभवलाई स्थानीयस्तरमा कार्यान्वयन गर्नका लागि उम्मेदवारी दिइएको उहाँको भनाइ छ ।

विगतमा पनि आफूले यसै क्षेत्रबाट जनताको प्रतिनिधित्व गरे पनि अहिले स्थानीयस्तरमै जनताको सेवा गर्नका लागि मैले उम्मेदवारी दिएको हुँु चन्दले भन्नुभयो–“ देशका १० वटा नमुना सहरमध्येको पाटन सहर पाटन नगरपालिकामा केन्द्रीय राजनीतिको अनुभव समेटेर काम गर्छु ”
यो क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगार,पर्यटन, भौतिक पूर्वाधारलगायतको विकासका लागि स्पष्ट खाँका छ । सोही खाकाअनुसार आफूले कामसमेत प्रतिबद्घता व्यक्त गर्नुभयो ।

चन्द २०५३ सालको उपनिर्वाचनमा बैतडी क्षेत्र न– १ बाट सासंद भएर महिला बालबालिका तथा समाजकल्याण सहायक मन्त्रीसमेत बन्नुभएको थियो । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले बैतडीका दुबै क्षेत्रबाट जितेपछि त्यहाँ भएको उपनिर्वाचनमा उहाँ बिजयी हुनुभएको हो ।

काँग्रेसले सो नगरपालिकामा उम्मेदवार छनोट गर्ने क्रममा १४ जनाको दाबी परेकामा अन्तिममा सबैले चन्दलाई सर्वसम्मत् उम्मेदवारको रुपमा अघि सारेका थिए

चन्दले आफ्नो उम्मेदवारी नगरको समग्र विकास र समृद्धिका लागि भएको बताउनु भएको छ । उहाँले आफू प्रमुख भएपछि पाउने तलबभत्तालाई पीडित नागरिकको घाउमा मलम लगाउन प्रयोग गर्ने बताउनु भएको छ । उहाँ भन्नुहुन्छ – “हिजोका दिनमा पनि मैले समाजसेवा गरेको हुँ अव पनि सामाजिक काम गर्नेछु । जनताले मलाई जिताएमा मेरो अनुभवको आधारमा काम गर्नेछु सबै मतदातालाई भोट दिन अनुरोध गर्दै प्रचारमा हिँडेको छु ” चन्द भन्नुहुन्छ ।

पाटनमा कडा प्रतिस्प्रदा हुने

पाटन नगरपालिकामा पूर्व सहायकमन्त्री केशव चन्दको उम्मेदवारी भए पनि त्यहाँ कडा रुपमा प्रतिस्प्रदा हुने देखिएको छ । सो पदमा नेकपा एमालेबाट कानुनका विद्यार्थी समेत रहेका युवानेता नरेशकुमार विश्वकर्मा प्रतिस्पर्दामा हुनुहुन्छ । यस्तै (माओवादी केन्द्र) बाट पनि पत्रकार शङ्कर भण्डारी प्रतिस्पर्दामा हुनुहुन्छ भने राप्रपाबाट रणबहादुर विष्ट भिड्दैहुनुहुन्छ । विवेकशील नेपाली सर्मथक भरतराज पन्तले पनिस्वतन्त्ररुपमा प्रमुखमै उम्मेदवारी दिनुभएको छ ।

वि.सं.२०७४ असार ११ आइतवार ११:२२ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...