back

पूर्वमन्त्री नगरप्रमुखका उम्मेदवार

वि.सं.२०७४ असार ११ आइतवार

582 

shares
GLOBAL IME AD
NTC AD

बैतडी, ११ असार । बैतडीको पाटन नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट पूर्व सहायकमन्त्री केशवबहादुर चन्द नगरप्रमुखका उम्मेदवार बन्नुभएको छ ।

पाटन नगरपालिकामा प्रमुखको उम्मेदवार बन्नुभएका उहाँँ नगरपालिकाका बस्तीबस्ती पुगेर घरदैलो गरिहनुभएको छ ।
चन्दलाई प्रमुखमा छनौट गरेर काँग्रेसले पाटन नगरपालिकालाई प्रतिष्ठाको विषयको रुपमा लिएको सर्वत्र अनुमान गरिएको छ भने आफ्नो राजनीतिक जीवनको अनुभवलाई स्थानीयस्तरमा कार्यान्वयन गर्नका लागि उम्मेदवारी दिइएको उहाँको भनाइ छ ।

विगतमा पनि आफूले यसै क्षेत्रबाट जनताको प्रतिनिधित्व गरे पनि अहिले स्थानीयस्तरमै जनताको सेवा गर्नका लागि मैले उम्मेदवारी दिएको हुँु चन्दले भन्नुभयो–“ देशका १० वटा नमुना सहरमध्येको पाटन सहर पाटन नगरपालिकामा केन्द्रीय राजनीतिको अनुभव समेटेर काम गर्छु ”
यो क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगार,पर्यटन, भौतिक पूर्वाधारलगायतको विकासका लागि स्पष्ट खाँका छ । सोही खाकाअनुसार आफूले कामसमेत प्रतिबद्घता व्यक्त गर्नुभयो ।

चन्द २०५३ सालको उपनिर्वाचनमा बैतडी क्षेत्र न– १ बाट सासंद भएर महिला बालबालिका तथा समाजकल्याण सहायक मन्त्रीसमेत बन्नुभएको थियो । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले बैतडीका दुबै क्षेत्रबाट जितेपछि त्यहाँ भएको उपनिर्वाचनमा उहाँ बिजयी हुनुभएको हो ।

काँग्रेसले सो नगरपालिकामा उम्मेदवार छनोट गर्ने क्रममा १४ जनाको दाबी परेकामा अन्तिममा सबैले चन्दलाई सर्वसम्मत् उम्मेदवारको रुपमा अघि सारेका थिए

चन्दले आफ्नो उम्मेदवारी नगरको समग्र विकास र समृद्धिका लागि भएको बताउनु भएको छ । उहाँले आफू प्रमुख भएपछि पाउने तलबभत्तालाई पीडित नागरिकको घाउमा मलम लगाउन प्रयोग गर्ने बताउनु भएको छ । उहाँ भन्नुहुन्छ – “हिजोका दिनमा पनि मैले समाजसेवा गरेको हुँ अव पनि सामाजिक काम गर्नेछु । जनताले मलाई जिताएमा मेरो अनुभवको आधारमा काम गर्नेछु सबै मतदातालाई भोट दिन अनुरोध गर्दै प्रचारमा हिँडेको छु ” चन्द भन्नुहुन्छ ।

पाटनमा कडा प्रतिस्प्रदा हुने

पाटन नगरपालिकामा पूर्व सहायकमन्त्री केशव चन्दको उम्मेदवारी भए पनि त्यहाँ कडा रुपमा प्रतिस्प्रदा हुने देखिएको छ । सो पदमा नेकपा एमालेबाट कानुनका विद्यार्थी समेत रहेका युवानेता नरेशकुमार विश्वकर्मा प्रतिस्पर्दामा हुनुहुन्छ । यस्तै (माओवादी केन्द्र) बाट पनि पत्रकार शङ्कर भण्डारी प्रतिस्पर्दामा हुनुहुन्छ भने राप्रपाबाट रणबहादुर विष्ट भिड्दैहुनुहुन्छ । विवेकशील नेपाली सर्मथक भरतराज पन्तले पनिस्वतन्त्ररुपमा प्रमुखमै उम्मेदवारी दिनुभएको छ ।

वि.सं.२०७४ असार ११ आइतवार ११:२२ मा प्रकाशित

गण्डकीसहित केही प्रदेशका हिमाली र पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना !

गण्डकीसहित केही प्रदेशका हिमाली र पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना !

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव...

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

दमौली (तनहुँ) । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

लुम्बिनी (मर्चवार) । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार...

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...