back
CTIZAN AD

झापाका दुई मतदान केन्द्रमा महिला कर्मचारी

वि.सं.२०७४ असार १२ सोमवार

984 

shares

१२ असार, काँकडभिट्टा (झापा) । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा दुईवटा मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन पाण्डेका अनुसार भद्रपुरनगरपालिका–६ एसपी मोडस्थित मेची इस्टमोड रङ्गशालाको दुईवटा निर्वाचन केन्द्रमा राष्ट्रिय वाणिज्य बंैक, भद्रपुर शाखाकी प्रमुख शान्ता बराल र महिला तथा बालबालिका कार्यालयकी अधिकृत समीक्षा निरौलाको नेतृत्वमा महिला कर्मचारी खटाइएको हो ।

जिल्लामै नमुना मतदान केन्द्र बनाई शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन गराउनका लागि महिला कर्मचारी खटाइएको उहाँले बताउनुभयो । दुवै जनाको नेतृत्वमा छ÷छजना महिला कर्मचारी खटाइएको छ ।

“जिल्ला प्रहरी कार्यालयसँग सो निर्वाचन केन्द्रमा सम्पूर्ण सुरक्षाकर्मी पनि महिलालाई नै खटाइदिन अनुरोध गरेको छु,” उहाँले भन्नुभयो ।

प्रहरी उपरिक्षक शैलेन्द्र थापाले जिल्लामा महिला सुरक्षाकर्मी र महिला म्यादी प्रहरीको सङ्ख्या कम भएका कारण महिला सुरक्षाकर्मीमात्रै उपलब्ध गराउन नसकिने बताउनुभयो । जिल्लामा पाँच लाख १० हजार ८०० मतदाता रहेका छन् । जिल्लामा १५ वटा स्थानीय तहमा २८३ मतदानस्थल तथा ६३७ मतदान केन्द्र रहेका छन् । रासस

वि.सं.२०७४ असार १२ सोमवार ११:३४ मा प्रकाशित

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...