back
CTIZAN AD

एनआरएनए केन्याको अध्यक्षमा कृष्ण दत्त

वि.सं.२०७४ असार १२ सोमवार

972 

shares

nrna-kenyaगैरआवासीय नेपाली संघ (एनआरएनए) केन्याले कृष्णदत्त भट्टको अध्यक्षतामा १५ सदस्यीय नयाँकार्यसमितिको चयन गरेको छ ।
जुन २५ का दिन केन्याको नैरोविमा सम्पन्न अधिबेशनले उपाध्यक्षमा कृष्ण प्रसाद गैरैं, महासचिवमा विष्णु कार्की, सचिवमा श्रीमती लक्ष्मी बुलुन, कोषाध्यक्षमा दिपक अधिकारी, महिला संयोजकमा श्रीमती तारा ढकाल, युबा संयोजकमा सुरज डुम्रे लाई चयनगरेको छ भने सदस्यहरुमा गोविन्द भुसाल क्षेत्री, गोपाल कामी, श्रीमती निशा कुँवर, शिव अधिकारी, आनन्द आलोक, पिताम्बर पाण्डे, शुरज विसी र कुमारी जिसी चयन भएका छन् ।
अध्यक्ष रामचन्द्र बस्यालको अध्यक्षता, नेपाली अवैतानिक वाणिज्यदूत जिम्मी ओस्करको प्रमुख आतिथ्यता, पर्यवेक्षक तथा एनआरएनए अफ्रिका संयोजक सुनिल कार्कीको विशेष आतिथ्यता रहेको उक्त महाधिबेशनमा एनआरएनए युगाण्डाका सचिव राजमणि भण्डारी तथा केन्याका विभिन्न सहरमा रहेर राष्ट्रिय अन्तराष्ट्रिय संघसंस्थामा कार्यरत विशिष्ठ नेपाली व्यक्तित्वहरुको पनि आतिथ्यता रहेको थियो ।

यसै गरी  एनआरएनएको आइसीसी सदस्यमा  यादव काफ्लेलाई मनोनित गरिएको छ ।

डा. भुवन प्रसाद ढकालद्धारा उत्साहजनकरुपमा संचालन गरिएको उक्त कार्यक्रममा केन्यामा नै पहिलोपटक नेपाली सांस्कृतिक झलकका साथ ‘ पूर्वको मेची नै हाम्रै हो, पश्चिम महाकाली नी हाम्रै हो’ भन्ने राष्ट्रप्रेमले भरिपूर्ण गीतको बोलमा श्रीमती लक्ष्मी बुलुन, ममता बस्नेत कुँवर, श्रीमती तारा ढकाल, श्रीमती लक्ष्मी बस्याल र लास्ता धितालको नृत्य प्रस्तुति रहेको थियो । साथै युवाको समुह र बाल कलाकारबाट प्रस्तुत गरिएको नृत्य पनि रोचक रहेको थियो ।

त्यसैगरी मुख्य निर्वाचन अधिकृतको रुपमा डा.भुवन प्रसादको नेतृत्वमा ई. कुल बहादुर कार्की र ई. नारायण भट्टराईको विशेष भूमिका रहेको थियो भने महाधिबेशन सफल बनाउनका लागि पनि डा. ढकाल र ई. कार्की तथा भट्टराईको विशेष सहयोग रहेको बताइएको छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृतबाट पद तथा गोपनियताको सपथ खुवाइएको र प्रमुख अतिथीबाट प्रमाणपत्र बितरण गरिएको थियो भने विशेष अतिथि बधाई ज्ञापन गर्दै समितिको निर्वाचन सम्पन्न भएको औपचारिक रुपमा जानकारी गराइएको थियो ।

त्यस्तै कार्यक्रमको समापन गर्दै निर्वतमान अध्यक्ष बस्यालले संस्थाका गतिबिधी र नयाँकार्यसमितिका पदाधिकारीहरुका आगामीे कार्यकालको सफलताको कामना गरेका थिए ।
यसैगरी प्रमुख अतिथि ओस्करबाट नेपाल र नेपालीका लागि सधैं एनआरएनए संग हातमा हात मिलाएर अघि बढ्ने बताउँदै शुभकामना मन्तव्य राखेका थिए । साथै नवनिर्वाचित अध्यक्ष भट्ट र अन्य पदाधिकारीहरुले संघको भाबी योजना प्रस्तुत गर्दै आगामी दिनमा नेपाल र नेपालीको हकहितमा संघले सबै सँग मिलेर सामाजिक काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पूर्बी अफ्रिकी क्षेत्रका देशहरु आर्थिक र भू–बनोटको हिसाबले हेर्ने हो भने केन्याको नैरोबी केन्द्र बिन्दुमा रहेका कारणले पनि अन्य देशमा भन्दा केन्यामा नेपालीहरुको बाक्लो उपस्थिति रहेको छ । हाल केन्यामा ५ सय नेपाली कार्यरत रहेको पनि एनआरएनए केन्याले जनाएको छ ।

वि.सं.२०७४ असार १२ सोमवार १०:१७ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...