back
CTIZAN AD

नेपाली जनएकता सेवा समाजको दोश्रो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

वि.सं.२०७४ असार १२ सोमवार

1K 

shares

photokuwait1.jpeg2.jpeg3 कुवेत । नेपाली जनएकता सेवा समाजको दोश्रो बार्षिकोत्सव भव्यरुपमा सम्पन्न भएको छ दुई वर्ष अगाडी २०१५ मा स्थापना भए पनि विविध कारणवश औपचारिकरुपमा सार्वजनिक नभइसकेको भए पनि विभिन्न संस्था र व्यक्तिहरुलाई सहयोग गर्दै सामाजिक कार्यमा सहभागी हुँदै आएको थियो ।

आइतबार संस्थाको दोश्रो वार्षिकोत्सवको मौका पारेर छोटो समयमा तय गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष मुक्त बहादुर बि।क।को अध्यक्षता तथा संयोजक खुम रायमाझीको सञ्चालनमा सुरु भएको कार्यक्रममा प्रमुख अथिती नेपाली राजदुतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङदेन, विशिष्ट अथिती राजदुतावासकै तृतियसचिव शुरेस अधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
मनविर राम भुलले स्वागत गर्नु भएको उक्त कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि तथा अतिथिहरुले संयुक्तरुपमा संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

photokuwait1
मन्तव्यका क्रममा प्रमुख अतिथि लिङदेनले कुवेतभित्र आजसम्म भेट्न नसकिएका नेपाली श्रमिकहरु यस समाजसँग जोडिएर जुझारुरुपमा काम गरेको देख्दा आफु अति हर्षित भएको बताउनु भयो । उहाँले कुवेतमा क्रियाशिल सम्पूर्ण संघसंस्थाहरुले हातेमालो गर्दै नेपाली श्रमिकहरु कुवेतभित्र रहँदा गर्न हुने र गर्न नहुने कामप्रति जनचेतना फैलाउनको लागि राजदुतावासलाई सघाउन पनि आग्रह गर्नुभयो ।
सञ्चालनकै क्रममा समय लिंदै यस संस्थाले दुई वर्षको अन्तरालका विभिन्न संघसंस्था,रामचन्द्र तिमिल्सिना बचाउ अभियान तथा विभिन्न व्यक्तिहरुलाई गरि तीन लाख भन्दा बढीको सहयोग गरिसकेको कुरा उपस्थित सम्पुर्णलाई जानाकारी गराउनु भएको थियो ।

photokuwait1.jpeg2
कार्यक्रममा स्थानीय कलाकारहरु रिमसेन राई,दुर्गा परियार,सुरज बिसी लगायतका कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियो भने पञ्चे बाजामा प्रत्यक्ष दोहोरी गित कार्यक्रमपछि कार्यक्रमलाई समापन गर्ने क्रममा अध्यक्ष मुक्त बहादुर बिकले भविष्यमा नेपालको पुर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका दुखी,गरिब र अपाङ्गहरुको लागि सहारा बन्ने संस्थाको उद्धेश्य बताउनु भयो ।

त्यसैगरी सोहि अबसरमा समाजले आफ्ना सहयोगी संस्थाहरु र व्यक्तिहरुलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरेको थियो भने यस वर्ष कुवैतभित्र उत्कृष्ट कार्यहरु गरे बापत लुम्बिनी सेवा समाज नेपाल–कुवेतलाई सम्मान गरेको थियो ।

वि.सं.२०७४ असार १२ सोमवार ०९:१२ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...