back
CTIZAN AD

विगत ८ दिनदेखि अन्धकारमा माडी

वि.सं.२०७४ असार १२ सोमवार

1.1K 

shares

१२ असार, रत्ननगर (चितवन) । दक्षिण चितवनको माडीका बासिन्दा विगत आठ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको जमिनमुनि बिच्छ्याइएको तारमा खराबी आएकाले यही असार ५ गतेदेखि उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन् ।

“अन्डरग्राउन्डका तीनमध्ये एउटा केवलमा खराबी देखिएको छ, स्थानीय स्रोत साधनबाट हेर्दा पत्ता लागेन, पत्ता लगाउने मेसिन नेपालमा नभएकाले भारतबाट मगाइएको छ”, विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले भन्नुभयो ।

केन्द्रका विद्युत् प्राविधिक तथा माडी क्षेत्रका इन्चार्ज आनन्द कुँवर समस्या पत्ता लगाउन नसकिएपछि अहिले भारतबाट मेसिन मगाइएको जानकारी दिनुभयो ।

उहाँले मेसिन आएपछि परीक्षण गरेर खराबी पत्ता लाग्ने र त्यसपछि मर्मत हुने भएकाले अझै केही दिन माडीमा विद्युत् सञ्चालन नहुने बताउनुभयो । गर्मीको समयमा विद्युत् नहँुदा माडीवासीलाई साह्रै समस्या परेको स्थानीय श्रीप्रसाद दवाडी बताउनुहुन्छ । पोल गाडेको दशकौँपछि बल्लतल्ल गएको मङ्सिरबाट विद्युत् बाल्न सुरु भएको हो ।

विद्युत् सञ्चालनका लागि विसं २०५७ सालमा रु ५० लाख खर्चेर माडीमा गाडिएको पोल जीर्ण हुँदासमेत बिजुली बल्नुको साटो तार र पोल कुहिए । विसं २०६७ बाट नयाँ परियोजना आएर काम थालेको हो । भारतीय शैनिक कल्याणकारी कोष र विद्युत् प्राधिकरणको लगानीमा नयाँ परियोजना सञ्चालन भएको विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेल बताउनुहुन्छ ।

भरतपुर, चनौली, माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनामार्फत माडीमा पहिलोपटक यही २०६३ साल कात्तिकमा विद्युत् पुगेको थियो ।

मङ्सिर ४ गतेबाट विद्युत् सञ्चालन भएको माडीमा अहिले झन्डै चार हजार ग्राहक भइसकेका छन् । विद्युत् नहुँदा उनीहरु आठ दिनदेखि टुकी र सोलारको भरमा बस्न बाध्य भएका छन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले विद्युत् प्राधिकरणमा बिजुली सञ्चालनका लागि दबाब दिइरहेको भए पनि अझैसम्म मर्मत हुन नसकेको बताउनुभयो ।

यसअघि परीक्षण प्रसारणका बेलामा पनि चितवन निकुञ्जको अन्डरग्राउन्ड क्षेत्रमा पटकपटक खराबी देखिँदै आएको थियो ।

वि.सं.२०७४ असार १२ सोमवार ०८:२३ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...