back

विगत ८ दिनदेखि अन्धकारमा माडी

वि.सं.२०७४ असार १२ सोमवार

699 

shares
IME Limited
NTC AD

१२ असार, रत्ननगर (चितवन) । दक्षिण चितवनको माडीका बासिन्दा विगत आठ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको जमिनमुनि बिच्छ्याइएको तारमा खराबी आएकाले यही असार ५ गतेदेखि उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन् ।

“अन्डरग्राउन्डका तीनमध्ये एउटा केवलमा खराबी देखिएको छ, स्थानीय स्रोत साधनबाट हेर्दा पत्ता लागेन, पत्ता लगाउने मेसिन नेपालमा नभएकाले भारतबाट मगाइएको छ”, विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले भन्नुभयो ।

केन्द्रका विद्युत् प्राविधिक तथा माडी क्षेत्रका इन्चार्ज आनन्द कुँवर समस्या पत्ता लगाउन नसकिएपछि अहिले भारतबाट मेसिन मगाइएको जानकारी दिनुभयो ।

उहाँले मेसिन आएपछि परीक्षण गरेर खराबी पत्ता लाग्ने र त्यसपछि मर्मत हुने भएकाले अझै केही दिन माडीमा विद्युत् सञ्चालन नहुने बताउनुभयो । गर्मीको समयमा विद्युत् नहँुदा माडीवासीलाई साह्रै समस्या परेको स्थानीय श्रीप्रसाद दवाडी बताउनुहुन्छ । पोल गाडेको दशकौँपछि बल्लतल्ल गएको मङ्सिरबाट विद्युत् बाल्न सुरु भएको हो ।

विद्युत् सञ्चालनका लागि विसं २०५७ सालमा रु ५० लाख खर्चेर माडीमा गाडिएको पोल जीर्ण हुँदासमेत बिजुली बल्नुको साटो तार र पोल कुहिए । विसं २०६७ बाट नयाँ परियोजना आएर काम थालेको हो । भारतीय शैनिक कल्याणकारी कोष र विद्युत् प्राधिकरणको लगानीमा नयाँ परियोजना सञ्चालन भएको विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेल बताउनुहुन्छ ।

भरतपुर, चनौली, माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनामार्फत माडीमा पहिलोपटक यही २०६३ साल कात्तिकमा विद्युत् पुगेको थियो ।

मङ्सिर ४ गतेबाट विद्युत् सञ्चालन भएको माडीमा अहिले झन्डै चार हजार ग्राहक भइसकेका छन् । विद्युत् नहुँदा उनीहरु आठ दिनदेखि टुकी र सोलारको भरमा बस्न बाध्य भएका छन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले विद्युत् प्राधिकरणमा बिजुली सञ्चालनका लागि दबाब दिइरहेको भए पनि अझैसम्म मर्मत हुन नसकेको बताउनुभयो ।

यसअघि परीक्षण प्रसारणका बेलामा पनि चितवन निकुञ्जको अन्डरग्राउन्ड क्षेत्रमा पटकपटक खराबी देखिँदै आएको थियो ।

वि.सं.२०७४ असार १२ सोमवार ०८:२३ मा प्रकाशित

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज (पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...