back
CTIZAN AD

मतदाताहरु भोट हाल्न धमाधम गाउँ फर्कदै

वि.सं.२०७४ असार १२ सोमवार

1K 

shares

१२ असार, दाङ। दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुन दुई दिन बाँकी रहँदा घरदेखि टाढा रहेका मतदाता मतदान गर्नका लागि घर फर्कन थालेका छन् ।

झन्डै दुई दशकपछि र नयाँ संरचनामा पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि मतदाता घर फर्कन थालेका हुन् ।

कामको सिलसिलामा भारत पुगेका र नेपालकै विभिन्न जिल्लामा रहेका मतदाता मतदानका लागि गृह जिल्लामा फर्कने क्रम सुरुभएको छ । मतदाता नामावली रहेको क्षेत्रमा फर्कनेको क्रम बढ्दै गएको र गाडीमा पनि चाप बढेको छ । ‘वषांैपछि हुनलागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्न घरमा आएको हुँ –भारतको चण्डीगडमा बस्दै आउनुभएका तुलसीपुर –३ का यमबहादुर नेपालीले भन्नुभयो ।

दाङदेखि बाहिर रहेका फर्कंदै छन् भने दाङलाई कर्मथलो बनाएका अन्य जिल्लाका मतदाता पनि आफ्नो गृह जिल्लामा फर्कने क्रम जारी छ । पेसा, व्यवसायकै कारण सहर झरेका सर्वसाधारण मतदाता पनि नामावली रहेको गाउँटोलमा फर्कन थालेका छन् ।

“मेरो नामावली रोल्पामा छ,त्यसैले आजै रोल्पा जान लागेको छु –रोल्पाको पाखापानी निवासी भिमबहादुर वलीले भन्नुभयो” । त्यसैगरी अध्यनका लागि काठमाडाँै, पोखरालगयातलका सहरमा पुगेका युवायुवती पनि मतदानका लागि घर फर्र्कने क्रम जारी रहेको छ ।

“मेरो एक भोटका कारण कुनै उम्मेदवारले हार्नसक्छ, त्यसैले भोट हाल्नका लागि काठमाडौँदेखि दाङ आएकी छु –तुलसीपुर –४ कि रमा खड्काले भन्नुभयो” । रासस

वि.सं.२०७४ असार १२ सोमवार ०८:१० मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...