back

मतदाताहरु भोट हाल्न धमाधम गाउँ फर्कदै

वि.सं.२०७४ असार १२ सोमवार

534 

shares
GLOBAL IME AD
NTC AD

१२ असार, दाङ। दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुन दुई दिन बाँकी रहँदा घरदेखि टाढा रहेका मतदाता मतदान गर्नका लागि घर फर्कन थालेका छन् ।

झन्डै दुई दशकपछि र नयाँ संरचनामा पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि मतदाता घर फर्कन थालेका हुन् ।

कामको सिलसिलामा भारत पुगेका र नेपालकै विभिन्न जिल्लामा रहेका मतदाता मतदानका लागि गृह जिल्लामा फर्कने क्रम सुरुभएको छ । मतदाता नामावली रहेको क्षेत्रमा फर्कनेको क्रम बढ्दै गएको र गाडीमा पनि चाप बढेको छ । ‘वषांैपछि हुनलागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्न घरमा आएको हुँ –भारतको चण्डीगडमा बस्दै आउनुभएका तुलसीपुर –३ का यमबहादुर नेपालीले भन्नुभयो ।

दाङदेखि बाहिर रहेका फर्कंदै छन् भने दाङलाई कर्मथलो बनाएका अन्य जिल्लाका मतदाता पनि आफ्नो गृह जिल्लामा फर्कने क्रम जारी छ । पेसा, व्यवसायकै कारण सहर झरेका सर्वसाधारण मतदाता पनि नामावली रहेको गाउँटोलमा फर्कन थालेका छन् ।

“मेरो नामावली रोल्पामा छ,त्यसैले आजै रोल्पा जान लागेको छु –रोल्पाको पाखापानी निवासी भिमबहादुर वलीले भन्नुभयो” । त्यसैगरी अध्यनका लागि काठमाडाँै, पोखरालगयातलका सहरमा पुगेका युवायुवती पनि मतदानका लागि घर फर्र्कने क्रम जारी रहेको छ ।

“मेरो एक भोटका कारण कुनै उम्मेदवारले हार्नसक्छ, त्यसैले भोट हाल्नका लागि काठमाडौँदेखि दाङ आएकी छु –तुलसीपुर –४ कि रमा खड्काले भन्नुभयो” । रासस

वि.सं.२०७४ असार १२ सोमवार ०८:१० मा प्रकाशित

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका...

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि २०८० फागुन...

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ...

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

अर्घाखाँची । स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले...

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी...

बेनी-जोमसोम-कोरला सडकखण्डमा ८५ प्रतिशत काम सम्पन्न

बेनी-जोमसोम-कोरला सडकखण्डमा ८५ प्रतिशत काम सम्पन्न

मुस्ताङ । उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला...