back

रोल्पामा निर्वाचनको सम्पूर्ण तयारी पूरा

वि.सं.२०७४ असार १२ सोमवार

300 

shares
NTC AD
Global IME AD

रोल्पा, १२ असार । बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

जिल्लामा कुल मतदान स्थल ८० तथा मतदान केन्द्र १५४ रहेका छन् भने कुल मतदाता सङ्ख्या एक लाख १७ हजार २६१ रहेको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिनुभयो । महिला मतदाताको सङ्ख्या ६० हजार ४७५ तथा पुरुष मतदाताको सङ्ख्या ५६ हजार ७८६ रहेको छ । पुरुष भन्दा महिला मतदाताको सङ्ख्या तीन हजार ६८९ बढी रहेको छ ।

अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका कारण महिला मतदाताको सङ्ख्या बढी भएको हो । जिल्लामा चुनावी प्रचारप्रसारमा समेत महिला र बालबालिकाको प्रयोग बढी भएको पाइएको छ ।

सदरमुकाम लिवाङस्थित बालमन्दिरका दुईवटा मतदान केन्द्रको जिम्मेवारी महिला कर्मचारीलाई दिइएको छ । महिलामैत्री मतदान केन्द्र बनाउन सम्पूर्ण जिम्मेवारी महिला कर्मचारी खटाइएको बताइएको छ । निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मीलगायतको टोली मतपेटिकासहित पुगिसकेको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले जानकारी दिनुभयो ।

मतदान केन्द्रबाट आइतबारदेखि नै मतदाता परिचयपत्र वितरण सुरु गरिएको छ । निर्वाचनमा सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ । निर्वाचनका लागि तीन हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । रासस

वि.सं.२०७४ असार १२ सोमवार ०७:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

रामपुर (पाल्पा) । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक...

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...