back
CTIZAN AD

धमिलो र लेदोयुक्त खानेपानी पिउन बाध्य

वि.सं.२०७४ असार १२ सोमवार

978 

shares

१२ असार , बनेपा। वर्षायाम सुरुवातसँगै काभ्रेपलाञ्चोकको बनेपा र पनौती नगरपालिकाका उपभोक्ताले धमिलो र लेदोयुक्त खानेपानी पिउन बाध्य भएका छन् ।

खानेपानीको चरम सङ्कट रहेको बनेपा र पनौती नगरपालिकामा वर्षौंदेखि खानेपानी संस्थानले वर्षाको समयमा धमिलो र लेदोयुक्त खानेपानी वितरण गर्दा मानव स्वास्थ्यमा समेत नकारात्मक असर परेको छ ।

खानेपानी संस्थान बनेपा शाखाका प्रमुख बुद्धरत्न महर्जनले खानेपानी छान्ने फिल्टर नभएका कारण धमिलो खानेपानी वितरण भएको उल्लेख गर्दै काभ्रे उपत्यका खानेपानी परियोजना पूरा भएपछि मात्रै गुणस्तरीय खानेपानी वितरण हुन सक्ने बताउनुभयो ।

उहाँले फिल्टर नभएका कारण वर्षायाममा सिधै खानेपानी उपभोक्तासमक्ष वितरण गरेको जानकारी दिँदै अझै केही वर्ष यो समस्याको समाधान नहुने बताउनुभयो ।

बनेपा र पनौती नगरपालिकामा अहिले खानेपानी संस्थानबाट करिब दुई लाख लिटर खानेपानी बितरण हुँदै आएको छ । काभ्रे उपत्यका एकीकृत खानेपानी निर्देशक समितिका संयोजक अशोक ब्याञ्जुले एकीकृत खानेपानी परियोजनाको ६४ प्रतिशत काम पूरा भएको जानकारी दिँदै आगामी डिसेम्बरसम्ममा खानेपानी परियोजनाको काम सम्पन्न हुने दाबी गर्नुभयो ।

उहाँले परियोजना सकिएपछि बनेपा, पनौती र धुलिखेल नगरपालिकाका १० हजार उपभोक्ताको घर घरमा गुणस्तरीय खानेपानी उपलब्ध गराउने उल्लेख गर्दै तीन वर्षदेखि निर्माण कार्य जारीे छ भन्नुभयो । सो परियोजनाको लागत रु ९४ करोड छ ।

बनेपा नगरपालिका–८ का बुद्धरत्न सुवालले खानेपानी संस्थानले वितरण गरेको खानेपानी पिउनका लागि प्रयोग नगरेको जानकारी दिँदै धमिलो पानी भाँडा माझ्न र शौचालयमा प्रयोग गर्र्ने गरेको बताउनुभयो ।

उहाँले अन्य समयमा एक घन्टामात्रै खानेपानी वितरण गर्ने संस्थानले वर्षायाममा जथाभावी खानेपानी वितरण गरेको उल्लेख गर्नुभयो ।

पैसा लिइरहेको हुन्छ तर हामीले गुणस्तरीय खानेपानी वर्षाको समयमा पाउन सकेका छैनौँ उहाँले भन्नुभयो । रासस

वि.सं.२०७४ असार १२ सोमवार ०७:५५ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...