
१२ असार । रुसमा जारी फिफा कन्फडेरेसन् कपको सेमिफाईनलमा पुग्ने टिमको टुंगो लागिसकेको छ । शीर्ष चारमा समुह ए बाट पोर्चुगल समुह विजेता हुदै सेमिफाईनलमा प्रवेश गरेको छ भने मेक्सिको सोही समुहको उपविजेता हुदै सेमिफाईनलमा प्रवेश गरेको छ । यस्तै गरी समुह बी बाट जर्मनी समुह विजेता हुदै सेमिफाईनलमा प्रवेश गरेको छ । समुह बी बाट नै चिली उपविजेता हुदै सेमिफाईनलमा प्रवेश गरेको छ । सेमिफाईनलमा पोर्चुगलको विरुद्धमा चिली तथा जर्मनीको विरुद्धमा मेक्सिको ले खेल्ने छन् ।
उपाधि जित्ने कसको सम्भावना कति ?
पोर्चुगल
समुह ए को विजेताको रुपमा सेमिफाईनलमा प्रवेश गरेको पोर्चुगल कन्फडेरसनको एउटा प्रमुख दावेदार टोली हो । समुह चरणको खेलमा दुइमा जित र एकमा बराबरी खेलेको पोर्चुगल राम्रो फर्ममा छ । गत वर्षको युरो विजेता टोली पोर्चुगलका अधिकांश खेलाडीहरु युरो कप जित्ने बेलाका खेलाडीहरु रहेका छन् । यस्तै पोर्चुगलले कन्फडेरसन कप जित्न सक्ने मुख्य हतियार भनेको कप्तान क्रिस्टियानो रोनाल्डो उत्कृष्ट फर्म हो । रोनाल्डोले ३ खेलमा २ गोल तथा एक गोलको लागि सहयोग गरेका छन् । यस्तै पोर्चुगलका युवा खेलाडी बर्नान्डो सिल्भा , आन्द्रे सिल्भा, एड्रिन सिल्भा लगायतका खेलाडीहरुले उत्कृष्ट खेल खेलिरहेका छन् । सम्भावना 6\10
जर्मनी
विश्व विजेता जर्मनीले सिनियर खेलाडीहरुलाई आराम दिएर दोस्रो रोजाईका खेलाडी खेलाएतापनि जर्मनीका युवा खेलाडीहरुले निकै उत्कृष्ट प्रदर्शन गरेका छन् । समुह चरणको खेलमा दुईमा जित एकमा बराबरी खेलेको जर्मनी प्रतियोगिताको मुख्य दावेदार टोलीको रुपमा आफुलाई प्रस्तुत गरेको छ । कप्तान जुलियन ड्रयाक्सलर, लेरोए सा टिम वेर्नर, मार्कटर स्टेगेन, जोसुवा किमिच लगायतका युवा खेलाडीहरुले निकै राम्रो प्रर्दशन गर्दै आएका छन् । सम्भावना 6\10
चिली
लगातार दुई पटक कोपा अमेरिकाको विजेता टोली चिली प्रतियोगितामा स्तरीय प्रर्दशन गर्दै आएको छ । समुह चरणमा दुईमा जित र एकमा बराबरी खेलेको चिलीले ३ वर्षमा ३ वटा अन्तराष्ट्रिय उपाधि जितने तयारीमा रहेको छ । चिलीका लागि स्टार फरवार्ड एलेक्सिस सान्चेज, आर्टुुरो भिडाल, भार्गस लगायतका खेलाडीहरुले राम्रो प्रर्दशन गर्दै आएका छन् । सम्भावना 5\10
मेक्सिको
उत्तर अमेरिकी टोली मेक्सिकोले प्रतियोगितामा राम्रो स्तरको प्रर्दशन गर्दै आएको छ । समुह चरणको खेलमा दुईमा जित र एकमा बराबरी खेलेको मेक्सिकोको लागि स्टार फरवार्ड जाभिएर हर्नान्डेजले राम्रो खेल खेल्दै आएका छन् । सम्भावना 5\10
वि.सं.२०७४ असार १२ सोमवार ०७:२७ मा प्रकाशित